सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री देउवाको ’वक्तव्य विज्ञ’मा किरण गजुरेल नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञुमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन्। उनका विभिन्न अनुसन्धानात्मक कृतिसमेत प्रकाशित छन्।

Sana Kishan

यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए। थाहा खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.