सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले समृद्ध नेपाल निर्माणमा अग्रसर छ : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको बताएका छन्।

तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपालीहरूको साझा राष्ट्रिय आकांक्षा भएको बताएका हुन्। ‘नेकपा एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ’, ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन ओलीले आग्रह गरे। यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित नेकपा एमाले अघि बढिरहेको ओलीको भनाइ छ।

World Link Ads
Mahakali Polytechnic

नेपालका बहुसांस्कृतिक विशेषता मौलिक पुँजीको रूपमा रहेका उनले बताएका छन्। एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्नेमा उनले जोड दिए।

Dirghayu Ads
Sana Kishan

नेपालको संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको स्मरण ओलीले गराएका छन्।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको पनि ओलीले बताएका छन्।

तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने ओलीको विश्वास छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.