सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उहाँले चुनावको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न त्यसमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने÷गराउनेतर्फ काम गर्न राष्ट्रपति भण्डारीले आयोगलाई यस्तो सुझाव दिनुभएको हो ।

उहाँले चुनाव प्रणालीलाई लैङ्गिकमैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल एवम् केन्द्र मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक काम गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Sana Kishan

नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोग नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्ध्रौँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेको हो । उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.