नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन्।
ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रूपमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
भारतीय नागरिक श्रीनिवासले नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकामासँगै काम गरेका थिए। ओमानमा हुने ग्लोबल क्वालीफायरका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ।
क्यानकाअनुसार श्रीनिवास आइतबार नै काठमाडौँ आइपुगिसकेका छन्। थाहा खबर बाट सभार









Discussion about this post