सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा जंगली बँदेलको आतंक

डोटीको आदर्श गाउँपालिकामा जंगली बँदेलले आतंक मच्चाएको छ । दुइ दिनयता बँदेलको आक्रमणबाट वडानम्बर ४ मा मात्रै ३ जना घाइते भएका छन् ।

बिहिबार बँदेलको आक्रमणबाट २ जना घाइते भएकोमा शुक्रबार थप एक जनालाई बदेलले आक्रमण गरी घाइते बनाएको छ ।

बिहिबार हन्नेकाँडामा बँदेलको आक्रमणबाट स्थानीय १५ वर्षीय गणेश नेपाली घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाण्डौं लगिएको आफन्तले बताएका छन् । यस्तै सोही दिन बँदेलको आक्रमणबाट १२ वर्षीय सुरेश बिष्ट पनि घाइते भएका थिए । उनको अहिले दिपायलमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै आज फेरि बँदेलको आक्रमणमा परि ५८ वर्षीय केशवराज ओझा पनि घाइते भएका छन् । ओझाको दिपायलमा उपचार भईरहेको छ ।

बँदेलले गाउँमै पसेर आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.