Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रतिरोधी क्षमता कमजोर हुनुका यी पाँच संकेत !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १४, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कोभिड–१९ महामारीको सुरुवातपछि नै ‘इम्युनिटी’, प्रतिरक्षा, रोग प्रतिरोधी क्षमता शब्दको अर्थ धेरैलाई सायद थाहा भइसकेको छ । बलियो इम्युनिटी शरीरले भाइरल, ब्याक्टेरियल, फंगल वा प्रोटोजोआ आदिबाट संक्रमित हुनबाट जोगाउँछ । प्रतिरोधी सेता रक्त कोसिका, लिम्फ नोड्स र एन्टीबडीबाट बन्ने गर्छ जसले शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन मद्दत गर्छ । कहिलेकाँही जब कुनै भाइरस शरीर भित्र प्रवेश गरिहालेको खण्डमा प्रतिरक्षा प्रणालीले ती हानिकारक भाइरस पहिचान गरेर त्यसलाई बेअसर पारिदिन्छ जसका कारण शरीरलाई हानी हुनबाट जोगाउँछ ।

ओमिक्रोनबाट बच्नका लागि विशेषज्ञले लगातार प्रतिरोधी क्षमतालाई बलियो बनाउन सल्लाह दिँदै आएका छन् । प्रतिरोधी क्षमता बलियो बनाउन मानिस व्यायाम गर्छन्, प्रतिरोधी क्षमता बढाउने खाना खान्छन्, ड्रिङ्कको सेवन गर्छन् आदि । तर तपाईंको प्रतिरोधी क्षमता कमजोर छ भनेर कसरी थाहा पाउने ? सायद यसतर्फ कसैको ध्यान गएको छैन होला । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

लगातार थकित महसुस हुनुः

राती ७–८ घण्टा सुतेपछि बिहान उठ्दा धेरै मानिस ऊर्जावान् महसुस गर्छन् । तर जसको प्रतिरोधी कमजोर हुन्छ उनीहरु राती सुत्दा पनि भोलिपल्ट निकै सुस्त महसुस गर्छन् । यदि उनीहरुले मिहिनेतको काम नगरेपनि उनीहरुलाई थकाई लागिरहेको जस्तो हुन्छ र ऊर्जा पनि निकै कम हुन्छ ।

यसको उपचार व्यायाम र योग हो । यी दुबैले शरीरमा ऊर्जाको स्तर बढाउँछ जसका कारण शरीरमा रक्त सञ्चार बढ्ने गर्छ र यसले स्नायु प्रणालीलाई बलियो बनाएर थकानलाई टाढा राखेर शरीरलाई ऊर्जावान् बनाउँछ ।

लामो समयसम्म रुघा–खोकी लागिरहनुः

विशेषज्ञका अनुसार वयस्कलाई वर्षमा २–३ पटक रुघा–खोकी लाग्नु सामान्य हो तर केहीलाई लामो समयसम्म रुघा खोकी लागिरहन्छ वा बारम्बार हुने गर्छ । रुघा–खोकी लागेका बेला एन्टीबडी विकसित हुन र कीटाणुसँग लड्नका लागि प्रतिरक्षा प्रणालीलाई ३ देखि ४ दिन लाग्छ अर्थात् रुघा ३–४ दिनसम्म लागिरहन सक्छ । तर यदि तपाईंलाई लामो समयसम्म रुघा–खोकी लागिरहन्छ भने यो कमजोर प्रतिरोधीको संकेत हो ।

पेट सम्बन्धि लगातार समस्याः

प्रतिरोधीको सम्बन्ध आन्द्रा र पेटसँग पनि हुन्छ । त्यसैले विशेषज्ञले कसैको पेट खराब छ भने उनीहरुको स्वास्थ्य कहिल्यै ठिक नहुने बताउने गर्छन् । हाम्रो शरीरमा लगभग ७० प्रतिशत प्रतिरक्षा बढाउने तन्तु हाम्रो आन्द्रामा हुन्छन् । यदि तपाईं नियमित रुपमा पेटको समस्या जस्तै कब्जियतबाट पीडित हुनुहुन्छ भने यो कमजोर प्रतिरोधीको परिणाम हुनसक्छ ।

अत्यधिक तनाव हुनुः

कमजोर प्रतिरक्षा प्रणालीको पहिलो संकेत अत्यधिक तनाव छ । विशेषज्ञका अनुसार प्रतिरोधीमाथि सबैभन्दा धेरै प्रभाव तनावमा पर्छ । यदि कसैले अत्यधिक तनाव लिन्छन् भने उसको प्रतिरोधी निकै कमजोर हुनेछ । वास्तवमा, तनाव लिँदै सेतो रक्त कोसिका र लिम्फोसाइटको संख्यामा कमी आउँछ । यी दुबैले हाम्रो शरीरमा संक्रमणबाट लड्न मद्दत गर्छ र विभिन्न प्रकारको भाइरसबाट जोगाउँछ । यस्तोमा लामो समयसम्म तनाव लिँदा प्रतिरोधी क्रमशः कम हुँदै जान्छ ।

ढिलो गरी घाउ निको हुनेः

दैनिक कामकाज गर्दा हात वा शरीरमा घाउ हुनु साधारण कुरा हो । यदि घाउ निको हुन समय लाग्छ भने ययसले पनि प्रतिरोधी क्षमता कमजोर भएको संकेत गर्छ । यसबाहेक मधुमेहका बिरामीमा पनि घाउ निको हुन समय लाग्छ, त्यसैले विज्ञसँग तुरुन्तै सल्लाह लिनुहोस् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

सांसद रेणु चन्दको सरकारमाथि प्रश्न : ‘चार महिनामा पनि जनअपेक्षाअनुसार काम भएन’

साउन २८, २०८३
राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व