बैतडीको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या ०.२५ प्रतिसतले घटेको हो ।
२०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या २,५०,८९८ रहेकोमा २०७८ को प्रारम्भिक नतिजा अनुसार २,४४,४०० रहेको जिल्ला जनगणना कार्यालय बैतडीका प्रमुख सुरेन्द्र पन्तले जानकारी दिनुभयो । यो प्रारम्भिक नतिजा रहेको र बिस्तृत नतिजा पछि आउने भएकाले थोरै घटबढ हुन सक्ने उहाले रेडियो सेभेनस्टारलाई बताउनुभयो ।
केन्द्रिय तथ्याङ्क बिभागले हिजो २०७८ को प्रारम्भिक नतिजा सार्बजनिक गरेको हो ।कृष्ण बिष्टले रेडियो सेभेन स्टारमा लेखेका छन्।









Discussion about this post