

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । कोभिड १९ को तिब्र संक्रमणका बढेपछि परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।
सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।


साथै १५ गते र २२ गते गर्न लागिएको आन्तरीक, मौका लगायतका अरु सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । उनले भने “आजको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छौं ।” यस सम्बन्धि सूचना आज बेलुका सम्म वा भोलि सम्ममा जारी गरीने बताए । खबरएजुकेशन बाट सभार

