सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जंगली बँदेलको आक्रमणबाट घाइते भएका बैतडीका मन्नाम भनिने (मनोरथ जोशी)को मृत्यु

जंगली बँदेलको आक्रमणबाट घाइते भएका बैतडीका मन्नाम भनिने (मनोरथ जोशी)को मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका १ घोरडीका अन्दाजी ७७ बर्षीय जोशीको उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनका भतिजा नवीन जोशीले बताए ।

जोशीको शरीरभरी बँदेलले टोकेर घाउ बनाएको थियो । सोमबार राती नै अस्पताल पुर्याएको भएपनि उनको बाटोमै मृत्यु भएको हो ।

Sana Kishan

सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको जंगली बँदेलले चारजनालाई घाइते बनाएको थियो । घाइते मध्ये स्थानीय ५० बर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic

यस्तै जंगली बँदेलको आक्रमणबाट समान्य घाइते भएका सोही ठाउँका बीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.