Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम :  प्रधानमन्त्री शेरबहादुर देउवा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन् । सशहस्त्र प्रहरी बल नेपालको २१औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा सङ्कट आउँदा, असमान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।’

उनले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए । क्षमता सीप विकास, सङ्गठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले शान्तिसुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि दिए । उनले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातारण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरशः पालना गर्दै जनताको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन पनि दिए ।

उनले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदातित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे । मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र सङ्घीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गर्दै उनले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढङ्गले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

जिम्मेवारीमा जुट्न गृहमन्त्रीको निर्देशन

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसायोग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपीएफ अस्पतालमार्फत् सङ्क्रमितहरूको उपचारमा पु¥याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरे ।

गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिए ।

सो क्रममा उनले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे ।

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पारे ।

उनले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जानकरी पनि दिए । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैं तयार रहेको बताए ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत् स्रोतसाधनको अधिकतम परिचालन गरी पेशागत निर्वाह गरिरहेको जानकारी दिए । समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व