सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्न नाम दर्ता गराएका नेपाली खेलाडीको नाम सार्वजनिक

242
Sana Kishan

नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।

Arus
Karnali Traders

नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका र जसमा १५ जना नेपाली खेलाडी रहेको आईपीएलले जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

Nepali Khaja

खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदाबादका दुई टोली थपिएपछि क्लबको सङ्ख्या १० पुगेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

36  +    =  42