सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ जना खेलाडीको नाम दर्ता

आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।

जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेको आईपीएलले जनाएको छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।

Sana Kishan

नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अष्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदावादका दुई टोली थपिएपछि क्लबको संख्या १० पुगेको छ । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.