Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोटी जिल्लाका गाउँ–गाउँमा पुतला नाँचको रौनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ५, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

डोटी – जिल्लामा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेला त्यहाँका गाउँ गाउँमा पुतला नाँच पर्व सुरु भएको छ । डोटीसहित यहाँका अन्य पहाडी जिल्लामा अहिले पुतला खेल्ने महिला तथा किशोरीहरुको उल्लेख्य सहभागिता रहेको देखिन्छ ।

सङ्क्रमणबाट जोगिन यहाँका स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपनि त्यहाँका गाउँघरमा नाँच खेल्ने तथा अन्यपर्व मनाउने गरिएको छ ।

पुतला नाँचले त्यहाँका गाउँघरमा निकै रौनकता बढाएको देखिन्छ ।सुदूरपश्चिमलाई चिनाउने विभिन्न कला, संस्कृति मध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाएका दिपायल सिलगढी नगरपालिका ५ की शान्ति भण्डारीले बताए।

उनले भने, “पुतला खेल हाम्रो मौलिक पर्व हो, वर्षको एक पटक खेल्न पाइने भएकाले हामी अहिले पुतला खेल्नमा रमाएका छौँ ।” सुदूरपश्चिमका अछाम, बझाङलगायतका गाउँमासमेत पुतला पर्व खेल सुरु भएको जनाइएको छ । परम्परागत रुपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा प्रचारप्रसार हुँदै आएको कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिए ।

उनका अनुसार पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीका भोगेका पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । पुरानो पुस्तासँगै यो नाच विस्तारै हराउने चिन्ता बढेको महिला बताउँछन् । मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिए। उनले भने, “पुतला नाँच हाम्रो सुदूरपश्चिम चिनाउने नाच ९पर्व० हो, यसलाइ जर्गेना गर्न जरुरी छ ।

”नारीका मार्मिक पिरव्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले छिटो फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर बिरहका गीत गाउँदै नाच्दा सुदूरपश्चिमका पहाडी बस्तीमा बेग्लै रौनकता आउँने गर्दछ । पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन नसकेको जनाउँदै स्थानीयवासीमा चिन्ता व्यक्त गर्न थालेका छन् ।

पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको पूर्वीचौकी गाँउपालिका–२ की कलापति साउदले जानकारीदिए। उनले भने, “पुराना पुस्ताले नयाँ पुस्तालाई पुतलाबारे नसिकाउँदा र जानकारी नदिँदा यो नाँच पछिल्लो समय विस्तारै लोप हुँदै गएको छ, पुतला नाँचको संरक्षण गरिनुपर्छ ।”यस पर्वको पुसको १५ गतेदेखि माघ ६ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

त्यहाँको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातको रुपमा लिई रातभरी गाउँखाने कथा भन्ने, जाग्राम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातिदेखि पुतला पर्वको सुरुवात हुने गरेको अर्की स्थानीयवासी धौलीदेवी विष्टले जानकारी दिए । पुतला पर्वलाई त्यहाँ ठाउँ अनुसार फरक–फरक नामले भन्ने गरिन्छ ।

कुनै ठाउँमा पुतला तथा कुनै ठाउँमा रनपुतला भन्ने चलन रहेको उनको भनाइ छ । परापूर्व कालदेखि नै चलिआएकोले कतिपय ठाउँमा संरक्षणको लागि मठ मन्दिर, पुराना धारा, पाटीपौवा नजिकै पुतला सेलाउने गर्दछन् ।

यो पर्व सयौं वर्षभन्दा अगाडिदेखि सुरुआत भएको पुतला पर्वमा विवाह भएका नभएका छोरीचेली राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी डेउडालगायतका खेल खेल्ने पर्व भएको दिपायल सिलगढी नगरपालिका–४ का वडासदस्य पार्वती पार्कीले जानकारीदिए ।

उनका अनुसार विवाह गरेर पराई घर गएकी छोरीबहिनी ९महिला० माघी पर्व र बिसौं पर्वको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् ।

सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरकोे मुख्य संस्कृतिको रुपमा हेरिँदै आएको छ ।

परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा आपसी सद्भावको सेतु यसै पर्वले दोहोर्याएको छ ।

सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक भेषभूषा लुकेका छन्, यस्ता संस्कृितलाई जोगाउनको लागि भए पनि पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अगाल्न जरुरी हुनुका साथै स्थानीय सरकारले कलाको संरक्षणमा ध्यान दिनुपर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

उनले भने, “सुदूरपश्चिमका विभिन्न संस्कृतिमध्ये पुतला पर्व मौलिक पर्व हो, सरकारी क्षेत्रबाट पनि यसको संरुक्षण गरिनु जरुरी छ ।” गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

बैशाख १८, २०८३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

बैशाख १८, २०८३
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
देश/राष्ट्रिय

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

बैशाख १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व