नेकपा (एमाले) ले ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
भौगोलिकतर्फ ६३ र गैर भौगोलिक तर्फ २ जिल्लामा अधिवेशनहरू सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको हो।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन बाँकी नै छ।
धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिड–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते जिल्ला अधिवेशन उद्घाटन गरेका थिए। गोदावरी न्युज बाट सभार









Discussion about this post