Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाडोमा स्वास्थ्य सावधानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ४, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कोरोनाको समयमा आम मानिस पनि आफ्नो स्वास्थ्यप्रति सचेत भइसकेका छन् तर कोरोनाको खतरा कम हुनेबित्तिकै हाम्रो लापरबाहीले स्वास्थ्यमा धेरै खतरा निम्त्याउन सक्छ। जाडो याममा ब्रेन स्ट्रोक र हृदयाघातको जोखिमबाट बच्न वयस्कहरूले पनि आफ्नो जीवनशैलीमा केही अत्यावश्यक कुरामा ध्यान दिनुपर्ने हुन्छ। सामान्यतया हामी जाडोको दिनमा जे खान्छौं, पिउँछौं, सबै पच्छ भन्ने विश्वास गर्छौं र यही विश्वासका कारण हामीहरूको खानपान अनियमित वा असन्तुलित हुन्छ। यो निश्चितताको कारण, धेरै पटक हामी सानातिना स्वास्थ्य समस्याहरूलाई बेवास्ता गर्छौं। जुन कहिलेकाहीँ गम्भीर अवस्थाको संकेत पनि हुन सक्छ।

जाडो याममा हामी कम पानी पिउने गर्छौं, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ, जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ। साथै, स्वास्थ्य बढाउनको लागि धेरै बोसो र क्यालोरीयुक्त खाना उपभोग गर्दा कोलेस्ट्रोल धेरै छिटो बढ्न सक्छ। जसले रक्तको प्रवाहलाई अवरुद्ध उत्पन्न गर्न सक्छ। त्यस्तो अवस्थामा यदि तपाईंलाई अचानक शरीरको कुनै भाग केही बेरको लागि सुन्न वा कमजोर भएको महसुस भयो भने चक्कर लाग्ने वा टाउको दुख्ने, आँखा अगाडि अँध्यारो हुन्, वा बोल्दा आवाज लर्बराउनु वा अनुहारको कुनै भाग बांगो भयो। यी सबै वा यीमध्ये कुनै पनि लक्षण एक या दुई मिनेटको लागि देखिन्छ। त्यसपछि फेरि सबै सामान्य देखिन्छ भने, तिनीहरूलाई बेवास्ता गर्नु हुँदैन। किनकि यो मस्तिष्कको कुनै पनि भागमा भएको हलचलको संकेत हुन सक्छ,।

यस्तो स्थितिमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ। हाम्रो मस्तिष्कको कुनै पनि रक्तनलीमा क्लट (रगत जम्नु) भएमा वा त्यो भागमा रगतको सञ्चार कम भएमा त्यस भागसँग जोडिएको शरीरको अंगको काम पनि प्रभावित हुन जान्छ। मेडिकल भाषामा यसलाई ब्रेनस्ट्रोक भनिन्छ, यसबाट गर्मीमा भन्दा जाडोयाममा धेरै मानिस प्रभावित हुन्छन्। ब्रेन स्ट्रोक अर्थात् ‘मस्तिष्कमा प्रहार मस्तिष्कभित्र रक्तनलीमा आएको परिवर्तनको प्रभाव हो न कि बाहिरी कुनै चोट वा दुर्घटना, त्यसैले प्रायःजसो जानकारीको अभावमा यसका संकेतहरूलाई अक्सर बेवास्ता गरिन्छ। व्यक्तिको शरीरको कुनै एक भागमा (लकवा) पक्षघात जस्तो अवस्था हुन सक्छ, ब्रेन स्ट्रोक भएपछि बिरामी अशक्त (विकलांग) हुन सक्छ वा देख्ने वा सुन्न सक्ने क्षमता गुमाउन सक्छन्। मधुमेह र मुटुका बिरामीहरूले जाडोयाममा आफ्नो विशेष ख्याल गर्नुपर्छ।

रक्तनलीको भित्री पर्खालमा अत्यधिक बोसो जम्मा भएर त्यहाँ रगत प्रवाहमा अवरोध उत्पन्न भएमा हुने, इस्केमिक वा रक्तचाप बढेपछि ब्रेनभित्रको नलीहरू लिकेज हुनाले ब्रेन हेमरेज हुन सक्छ। यी दुवै अवस्थामा व्यक्तिलाई एक घण्टाभित्र अस्पताल लैजानु आवश्यक छ र बिरामीको सीटी स्क्यान परीक्षण आवश्यक हुन्छ ताकि उसलाई थप क्षतिबाट प्रभावकारी रूपमा सुरक्षित गर्न सकिन्छ। त्यस्ता बिरामीहरूका लागि २ देखि ३ दिनसम्म सम्बन्धित चिकित्सकको निगरानीमा नियमित चिकित्सा निकै महत्वपूर्ण हुन्छ। जानकारीको अभावमा मानिसले यसलाई हृदयाघात जत्तिकै गम्भीर रूपमा लिँदैनन्, जबकि यो त्योभन्दा गम्भीर समस्या हो। एक अध्ययनले पत्ता लगाएको छ कि प्रत्येक छैटौं सेकेन्डमा एक व्यक्तिको (मस्तिष्कघात) ब्रेनस्ट्रोकबाट मृत्यु हुन्छ। छिमेकी मुलुक भारतमा हरेक वर्ष करिब १६ लाख मानिस यस रोगको सिकार हुन्छन्।

के के सावधानी अपनाउने ?
उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका बिरामीहरूले नियमितरूपले औषधिहरूको सेवन गर्नपर्छ। समय समयमा चेकअप गराउनुपर्छ। साथै तनावमुक्त रहनुपर्छ। सही एवं सन्तुलित आहार लिनुपर्छ। नियमित व्यायाम गर्नुका साथै शारीरिक गतिविधिमा जोड दिनुपर्छ।

चुरोट–सूर्ति, रक्सी वा अन्य नशालु पदार्थको बानीबाट टाढा रहनुपर्छ। खानामा तारेको, भुटेको वा स्याचुरेटेड फ्याटजस्तै वनस्पति घिउ आदि खानामा प्रयोग गर्नु हुँदैन। पर्याप्त पानी, कमसेकम १२ गिलास पानी पिउनु पर्छ। जाडोमा मनतातो पानी पनि पिउन सकिन्छ।

अत्यधिक चिसो वा बिहान–बिहान सबेरै हिँड्ने नगर्नुहोस्। घाम लागेमा बाहिर निस्कनुहोस्। कान छोप्नुहोस्। किनकि नाक र कानबाट चिसोको प्रभाव प्रत्यक्ष हुन्छ। नुहाउँदा मनतातो पानी मात्र प्रयोग गर्नुहोस्। धेरै चिसो वा तातो दुवै पानीले नुहाउँदा शरीरको तापक्रम नियन्त्रण गर्न केही समय लाग्छ। नुहाउँदा पहिले खुट्टामा, त्यसपछि शरीरको माथिल्लो भागमा र अन्त्यमा टाउकोमा क्रमशः पानी हालेर नुहाउनुहोस्।

त्यसैगरी, बिहान ओछ्यानबाट तुरुन्तै नउठ्नुहोस्। केही बेर बस्नुहोस्। हात–खुट्टा माडेर अनुहारमा हात राख्नुहोस् र केही समयपछि मात्र ओछ्यानबाट बाहिर निस्कनुहोस्। डा. ललितकुमार मिश्रले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व