Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी हुन् पेटमा जमेको बोसो घटाउने सजिलो १० उपायहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ ४, मंगलवार ०९:३०
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

मोटोपनाबाट त्रसित भएका मानिस आजकल तौल घटाउने प्रयासमा छन् । तर धेरै प्रयास गर्दा पनि फिट हुन सकेका छैनन् । कोभिडका कारण भएको लकडाउनले अधिकांश मानिस मोटो भएका छन् । अहिले हामीले अपनाएको जीवनशैलीले तौल बढ्नु सामान्य हो।

तपाईलाई थाहा छ, निष्क्रियता, रक्सी र फास्ट फुड मोटोपनाको प्रमुख कारण हु्। मोटोपना कम गर्न स्थिरता चाहिन्छ। तर यो काम कतिपयले सोचे जस्तो गाह्रो पनि छैन। यस लेखमा, हामी तपाईलाई केहि टिप्स बताइरहेका छौं जसलाई पालना गरेर तपाई आफैंलाई मोटोपनबाट बचाउन सक्नुहुन्छ।

पेट भरिने ब्रेकफास्ट

यो कार्य भन्न सजिलो मात्र होइन, गर्न पनि सजिलो छ। हरेक बिहानलामो समयसम्म पेट भरिरहने खाजा खानुहोस्। यो बानीले तपाईलाई बिचमा केही अस्वास्थ्यकर खानबाट जोगाउँछ र चाँडै भोक पनि लाग्दैन। तर तपाईंको बिहानको खाजा भुटेको र प्रशोधित खाना नभइ स्वस्थ हुनुपर्छ।

दैनिक वजन मापन

यदि तपाइँ तौल घटाउने यात्रामा हुनुहुन्छ भने कति घटाउने भनेर पहिला नै लक्ष्य तोक्नुपर्छ। त्यसको लागि दैनिक तौल नापेर लक्ष्यको कति नजिक छ हेर्नुपर्छ। यो बानीले तपाईंलाई आफ्नो आहार घटाउन र व्यायाम बढाउन मद्दत गर्नेछ।

क्यालोरी गणना

तपाईंको खानामा रहेको क्यालोरी गणना गर्नुहोस्। किनभने क्यालोरी गणना वजन घटाउनेसँग सम्बन्धित छ। क्यालोरी गणनाबाट तपाइँको आहार र कसरतमा गर्नुपर्ने थपघटको मात्रा स्पष्ट हुन्छ।

अधिक फाइबरयुक्त खाना

आलु, उच्च फाइबरयुक्त खानेकुरा, ड्राइ फ्रुट र अण्डा जस्ता खानेकुराले पेट छिटो भर्छ। यसको सेवनले तपाईको बारम्बार भोक लाग्दैन। साथै, आहारमा राम्रो बोसो युक्त खाना जस्तै ड्राइ फ्रुट आदि समावेश गर्नुहोस्। तपाईंको आहारबाट प्रशोधित खाना हटाउनुहोस्।

व्यायाम

व्यायामले शरीरमा भएको क्यालोरी धेरै खपत गर्न मद्दत गर्दछ। तौल घटाउने योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष व्याम हो। यदि तपाईले धेरै क्यालोरी खर्च गर्नुभयो भने, तपाईको तौल छिटै नियन्त्रणमा आउन सक्छ। तर तपाईले यसलाई कुशलतापूर्वक जलाउनु पर्छ। निष्क्रिय जीवनशैली मोटोपनाको प्रमुख कारणमध्ये एक हो। शारीरिक गतिविधि जस्तै नृत्य, दौड, योग, तौल प्रशिक्षण र हिँडाइ पनि प्रभावकारी हुन्छ।

तनाव कम गर्ने

तनावले कोर्टिसोल हर्मन निकाल्छ। कोर्टिसोलले भोक बढाउँछ, जसले तपाईंलाई धेरै खान मन लाग्छ। त्यसैले तनाव कम गर्नुहोस्। पर्याप्त आराम आराम गर्नुहोस्, रमाईलो गतिविधिहरूमा संलग्न हुनुहोस्, गहिरो सास फेर्न अभ्यास गर्नुहोस् वा योग ध्यान गर्नुहोस्।

पर्याप्त निद्रा

रातको राम्रो निद्राले एक प्रकारको हर्मोन निस्कन्छ जसले तपाईको भोक नियन्त्रणमा राख्छ। अर्कोतर्फ, निद्राको कमीले शरीरले थकान महसुर गर्छ। यसको पूर्ति खानाको माध्यमबाट ऊर्जा निकालेर गर्छ।

चिनी कम खाने

चिनी जताततै छ! हामी यसलाई हाम्रो पेय पदार्थ, डेसर्टमा थप्छौं र यो धेरै प्याकेज गरिएका खानाहरूमा पनि पाइन्छ। चिनीले कुनै पौष्टिक लाभ प्रदान गर्दैन र यसले चिनीको स्तर बढाउँछ, जसले वजन बढाउँछ। तसर्थ, चिनीको खपत सीमित गर्नुहोस् र यसलाई स्वस्थ विकल्पहरूसँग बदल्नुहोस्।

प्रशोधित खाना नखाने

अन्न, रोटी र प्याकेज गरिएको खाजा जस्ता प्रशोधित खाद्य वस्तुहरू हाम्रो दैनिक आहारको हिस्सा बनिसकेको छ। चटपटा स्वाद र त्यसको सहज उपलब्धताले प्रशोधित खान अत्याधिक खाइन्छ। तर यी खानेकुराहरू परिष्कृत हुन्छन्। हानिकारक तत्वहरू हुन्छन् र आवश्यक मात्रामा पोषक तत्वहरूको अभाव हुन्छ। तीमध्ये धेरै उपभोग गर्दा क्यालोरी बढ्छ, जुन तौल बढाउने कारक हो।

डाइट प्लान बनाउनुहोस्

डाइट प्लान बनाउनु स्वस्थ बानी हो। यसले तपाईंलाई फिट राख्छ र तौल समस्याहरूबाट बचाउँछ। आफूले बिहानदेखि बेलुकासम्म खाने खानाको डाइट प्लान बनाउनु होस् र त्यसको अनुसरण गर्नुहोस्।

नोट : मिठाइ, चिनीयुक्त पेय पदार्थ, चर्को नुन, भुटेको खानेकुरा, प्रशोधित पिठो, सेतो रोटी, सफ्ट ड्रिंक्स, जंक फूड र रातो मासु नखानुहोस्। दिनमा कम्तीमा ३ लिटर पानी पिउनुहोस्। करिब एक घण्टा शारीरिक क्रियाकलापमा संलग्न हुनुहोस्। अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ४, मंगलवार ०९:३०
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ ४, मंगलवार ०९:३०
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ ४, मंगलवार ०९:३०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ ४, मंगलवार ०९:३०
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ४, मंगलवार ०९:३०
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ ४, मंगलवार ०९:३०
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ ४, मंगलवार ०९:३०
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ ४, मंगलवार ०९:३०
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ माघ ४, मंगलवार ०९:३०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व