सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मेलौली नगरपालिकाको नवौं नगरसभा सम्पन्न

बैतडीको मेलौली नगरपालिकाको नवौं नगरसभा शुक्रबार सम्पन्न भएको छ । योजना तथा बजेट संशोधन लगायतका निर्णयहरु पारित गर्दै नगरसभा सम्पन्न भएको नगरपालिकाकी उपप्रमुख राधा ओझाले जानकारी दिइन् ।

नगरसभाले यसअघि नगरकार्यपालिकाले गरेका निर्णयहरु समेत अनुमोदन गरेको उनले बताइन् । यस्तै वडाको संख्या र सीमा हेरफेर सम्बन्धि प्रस्ताव पनि नगरसभाले पारित गरेको छ ।

Sana Kishan

केही वडाको सीमा हेरफेर गर्नुपर्ने माग आएकाले सोही अनुसार नगरसभाले सो प्रस्ताव पारित गरेको हो । नगरसभाले निर्णय गरेपछि संख्या र सीमा हेरफेरका लागि पालिकाले प्रदेश सरकार र संघ सरकारलाई पत्र पठाउन सक्नेछ ।

World Link Ads
Mahakali Polytechnic

नगरप्रमुख कृष्णसिंह नायकको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा सभाका सदस्यहरुको सहभागिता रहेको थियो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.