सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वास्थ्य मापदण्ड अपनाएर माघी मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गरेका छन् ।

माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् ।

Sana Kishan

राष्ट्रपति भण्डारीले माघी पर्वले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको उल्लेख गरेकी छन् ।

World Link Ads
Mahakali Polytechnic

उपराष्ट्रपति पुनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.