प्रमुख प्रतिपक्षी दल नेकप एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहँदा पनि सरकार गम्भीर नरहेको भन्दै ध्यानाकर्षण पत्र बुझाउने एमाले नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार भोलि (शनिबार) १ बजे एमालेको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने छन्। ’कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा नेकपा एमालेका तर्फबाट सरकारको ध्यानाकर्षण गर्न भोली २०७८ माघ १ गते बिहान १०ः०० बजे पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ,’ गुरुङले भने। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post