सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुहारको छाला चम्किलो बनाउन ३ घरेलु औषधिहरु !!

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ ।

 

जान्नुहोस् यी ३ उपायः

१. मह र टमाटरको प्याक
मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने ।
महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ । टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ । पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

२. मेवा र महको मास्क
यो मास्क अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ । यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस् । त्यसपछि १५ मिनेटका लागि सुक्न दिनुस् । मेवामा सक्रिय एन्जाइम पाइन्छ जुन एन्टिफङ्गल गुणले भरिएको हुन्छ । यसले अनुहारको मरेको छाला बाहिर निकाल्ने र अनुहारमा हाइड्रेट गर्ने, छालामा रंग समेत दिन्छ ।

३. घ्युकुमारी र काक्रोको प्याक
घ्युकुमारी र काक्रो दुवैले अनुहारलाई हाइड्रेट गर्छ । अनुहारको छालालाई चम्किलो बनाउन र सफा छालाको लागि यो निकै मद्दतगार हुन्छ । यसका लागि काक्रोको रस निकाल्ने र २ चिया चम्चा घ्युकुमारीको जेल मिसाउने र यसलाई अनुहारमा सुक्न दिने ।
१५ मिनेटपछि चिसो पानीले पखाल्ने ।
अनुहारको छालाका लागि घ्युकुमारी निकै फाइदाजनक हुन्छ । घ्युकुमारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, खनिज, एमिनो एसिड हुन्छ । जसले सनबर्न, अनुहारमा आउने दाना र चायाँपोतो हटाउन मद्दत गर्छ । साथै काक्रोमा पाइने भिटामिन र पोषक तत्वले अनुहारमा सुख्खापन र उमेर बढ्दै जाँदा छालामा आउने समस्याबाट छुटकारा दिलाउँछ ।

यी तीनै उपायले छालामा कोलेजन उत्पादन गर्न मद्दत गर्छ । यसले अनुहारमा आउने चाउरीलायृ समेत कम गर्छ भने अनुहारमा आउने विभिन्न समस्या पनि कम गर्छ । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.