सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

हिउँले भत्कायो विद्यालय

119
Sana Kishan

भारी हिमपातपछि गोरखामा एक विद्यालयको भवन भत्किएको छ। चुमनुब्री गाउँपालिका–७ छेकम्पारको बुद्ध आधारभूत विद्यालयको भवन भत्किएको प्रधानाध्यापक छिरिङफुञ्जो लामाले बताए। ‘पाँचकोठे छात्रवास भवनको छानामाथि चार फिटभन्दा बाक्लो हिउँ जम्यो,’ लामाले भने, ‘लामो समयसम्मको भार धान्न नसकेर भवनको छानो भत्कियो।’ भवन भत्किएपछि छात्रवासमा रहेका विभिन्न सामग्रीहरूमा क्षति पुगेको उनले बताए।

Karnali Traders

हिमपातपछि विद्यालयमा जाडो बिदा गरिएकाले अन्य क्षति भने नभएको विद्यालयले जनाएको छ। ‘त्यो छात्रवास भवनमा ३० जनाभन्दा धेरै विद्यार्थी बस्थे,’ उनले भने, ‘हिमपात भएपछि विद्यालय बन्द गरियो। होस्टेल पनि बन्द गरियो र ओढ्ने, ओछ्याउने कपडाहरू, किताबहरू चाहिँ विद्यालयका अफिस कोठामा राखिएको थियो। तर, फर्निचरहरूमा क्षति पुगेको छ।’ शिव उप्रेतीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.