सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुघा–खोकीले समस्यामा पार्‍यो ? यी पाँच खानेकुराले दिनेछ राहत !!

चिसो मौसम धेरैलाई मनपर्न सक्छ तर यो मौसमले आफूसँग थुप्रै रोग पनि ल्याउने गर्छ । चिसो मौसममा ब्याक्टेरियल इन्फेक्सनका कारण रुघा, खोकी, ज्वरोजस्ता समस्या देखिन सक्छ । चिसो मौसममा प्रतिरोधी क्षमतामा ह्रास आउने भएका कारण हाम्रो शरीर यी रोगसँग लड्न पाउँदैन । आउनुहोस्, यी सात प्राकृतिक चिजबारे जानकारी लिऔं जसले हामीलाई यस्ता रोगबाट बचाउन सक्छ ।

अदुवाः

एन्टी इन्फ्लेमेटरी गुणले भरपुर अदुवा आफ्नो एन्टिमाइक्रोबियल र एन्टी क्यान्सरीय तत्वका लागि पनि परिचित छ । यसमा भएका एन्टिअक्सिडेन्टले रुघा–खोकी लाग्दा राहत प्रदान गर्छ । भाइरल संक्रमणबाट बचाउनका लागि तपाईं अदुवासमेत केही मसालालाई पानीमा उमालेर खान सक्नुहुन्छ ।

World Link Ads
Mahakali Polytechnic

महः

महमा पाइने एन्टिब्याक्टेरियल र एन्टिमाइक्रोबियल तत्वका कारण यो चिसो मौसममा असाध्यै धेरै प्रयोग हुन्छ । यसले हाम्रो शरीरलाई हाइड्रेट राख्नुका साथै प्रतिरोधी क्षमता पनि दुरुस्त राख्छ । यसमा भएको एन्टिब्याक्टेरियल तत्वले हामीलाई खोकी र घाँटीको खसखसबाट राहत प्रदान गर्छ । तपाईंले यसलाई मनतातो पानीमा मिसाएर पिउन सक्नुहुन्छ ।

लसुनः

Sana Kishan

लसुनलाई तरकारीमा स्वाद बढाउन प्रयोग गरिन्छ । रुघा, खोकीबाट बच्नमा यसले निकै सहयोगी भूमिका निर्वाह गर्छ । लसुनमा क्याल्यिसम, पोटासियम र सल्फ्यूरिक तत्व पाइन्छ जसले संक्रमण फैलाउने ब्याक्टेरियाबाट राहत प्रदान गर्छ । यसले हाम्रो प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ ।

चिकन सुपः

चिसो मौसममा चिकन सुप पनि एक स्वस्थकर र स्वादिष्ट विकल्प हो । यसलाई पचाउन सहज हुनुका साथै यसमा भएका मिनरल्स, भिटामिन, प्रोटिन र क्यालोरीले हाम्रो शरीरलाई ठूलो फाइदा प्रदान गर्छ । यो इलेक्ट्रोलाइट्स र फ्लूडको पनि राम्रो स्रोत मानिन्छ जसले ज्वरो र छातीमा खकारको समस्याबाट पनि राहत प्रदान गर्छ ।

ओट्सः

ओट्समा घुलनशील फाइबर पाइन्छ जुन हाम्रो मुटुको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भएका जिंकले प्रतिरोधी क्षमतालाई चुस्त राख्ने गर्दछ । डाइटिशियनका अनुसार यसमा भएका फाइबरले आन्द्रामा इन्फ्लेमेशनको समस्याबाट राहत दिलाउँछ जुन पेटको ऐठन र झाडालगायतका समस्याका लागि जिम्मेवार हुन्छ । रातोपाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.