सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी जिल्लाको पाटनमा एक युवकको शव फेला

62
Sana Kishan

बैतडी – बैतडीको पाटनमा एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका ६ हिरापुर नजिक सडकभन्दा करीब ५० मिटर तल अन्दाजी २६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

ती युवकको शव सडेको अवस्थामा आज फेला परेको र शवको केही भाग स्यालले खाएको अवस्था रहेको प्रहरी निरीक्षक शाहीले बताए ।

Arus
Karnali Traders

मृतकको शवसंगै दशरथचन्द नगरपालिका १ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ । शव चिनिने अवस्थामा नरहेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भईनसकेको प्रहरीले जनाएको छ ।

Nepali Khaja

शव कसको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.