Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २६, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कासरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।

अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न÷नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् ।

सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासनले जहिले र जसरी रोक लगायो त्यसैअनुसार नियम लागू हुनेछ । उहाँले भन्नुभयो, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड व्यवस्थापन समिति छ । त्यही समितिले आवश्यक निर्णय गर्न सक्छ ।’

यस्तै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा राजनीतिक भेला तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने जनाएको छ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले हिजो आइतवार निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यस्तै सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई निर्देशन दिएको छ ।

साथै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ । अहिलेसम्म कुनै पनि डोज खोप नलगाएको भए तुरुन्तै लगाइहाल्न मन्त्रालयका प्रवक्ता कोइरालाले आग्रह गर्नुभयो । उहाँका अनुसार माघ ७ गतेसम्म कम्तीमा एक मात्रा भए पनि खोप लगाएको कार्ड वा कार्डको फोटो लिएर मात्रै सार्वजनिक ठाउँमा जान पाइनेछ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

साउन २५, २०८३
प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

साउन २५, २०८३
ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

ढल्केबरको ट्रमा सेन्टर योजना यथावत् छ : मन्त्री मेहता

साउन २५, २०८३
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरूको माग

साउन २५, २०८३
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री बालेन्द्र शाहको विरोध

साउन २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व