सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा १५ दिन सबै बिधालय बन्द हुने

बैतडी लगायत देशभरि १५ दिनका लागि सम्पूर्ण बिधालय बन्द गर्ने निर्णय गरेको छ । बैतडीलगायत देश भरि कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने हिसाबले बिधालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार जमघट, भेला, सभा, सम्मेलन , मेला महोत्सव,बिधालय लगायत भिडभाड हुने ठाउँहरूमा बैतडीमा पनि कडाइ गर्न लागिएको जिल्ला प्रसाशन कार्यलय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीका अनुसार सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्ने बताए ।

जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण विद्यालय हरु बन्दनै रहेको र बाँकी सञ्चालमा आएका विद्यालय हरुमा सीसीएमसीसीको सिफारिसको आधारमा बन्द गर्न सुचना गर्ने बताएका छन । सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको जनाएको छ ।बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएकोमा पूर्ण रूपमा कार्यान्वयन गर्ने सुचना अधिकारी भारतीको भनाइ छ ।

Dirghayu Ads

यस्तै सार्वजनिक ठाउँमा भेला, भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, रङ्गशाला, हवाइ यात्रा लगातका ठाउँमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.