सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन् ।

टोलीका अन्य सदस्यहरूमा खडक बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउद, दीपक टमटा र कैलाश ऐर रहेका छन् । यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा वैकल्पिक खेलाडीका रूपमा रहेका छन् ।

Sana Kishan

हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनौट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि काठमाडौंमा हुँदै छ । सुदूरपश्चिमले पुस २६ गते पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । सगुन खबर खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.