सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसो बढेसंगै बैतडी जिल्लामा निमोनिया र श्वासप्रश्वासका बिरामी बढे

बैतडीमा चिसो बढेसंगै जिल्ला अस्पतालमा बिरामीहरू बढेका छन । जिल्ला अस्पताल बैतडीमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढी आउने गरेको जिल्ला अस्पताल बैतडीले जनाएकोे छ ।

अस्पतालमा आएका मध्ये बढी जसो बालबालिकाहरुमा निमोनियाको समस्या देखिने र वृद्धवृद्धाहरुमा दमको समस्या देखिने गरेको जिल्ला अस्पताल बैतडीका डा. बसन्त राज जोशीले बताए । पौष महिना शुरु भएयता जिल्ला अस्पतलामा दैनिक ४० देखि ५० जनाको संख्यामा बिरामी आउने गरेको र ती मध्ये श्वासप्रश्वासका बिरामी बढी हुने गरेको डा. जोशीले बताए ।

Sana Kishan

बालबालिकाहरुलाई चिसोबाट जोगाउन नसक्दा निमोनिया हुने गरेको डा. जोशीको भनाइ छ । चिसोको समयमा बालबालिकाहरुलाई न्यानो लुगा लगाई दिने, तातो झोलिलो खानेकुराहरु लगायत चिसोबाट जोगाउनमा ध्यान दिएमा निमोनियाबाट बचाउन सकिने डा. जोशीको सुझाव छ ।

World Link Ads
Mahakali Polytechnic

बच्चाहरूलाई रुघाखोकी लाग्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा लैजान पनि उहाँले आग्रह गर्नुभएको छ । लापरबाही गर्दा बालबालिकाहरुमा निमोनिया बल्झिने भएकाले यस तर्फ ध्यान दिनुपर्नेमा डा. जोशीले सबैमा आग्रह गर्नुभएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.