
अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।
फेब्रुअरीमा हुने विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध खेलबाट आफ्नो छनोट यात्रा सुरु गर्नेछ।

विश्वकप छनोटमा कुल १६ टोलीले सहभागी हुँदै छन्। प्रतियोगितालाई २ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।
नेपाल रहेको समूहमा रहेका ८ टोली छन्। ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ, जसका शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने छन्।
अर्को ८ टोलीले भने जुलाईमा जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा गर्ने छन्।
यसअघि प्रतियोगिता राउन्ड रोबिनका आधारमा सञ्चालन गरिने भएपनि यो पटक समूह विभाजन गरेर प्रतियोगिताको आयोजना हुन लागेको हो।
समूह चरणमा पहिलो र दोस्रो हुने टोलीले सेमिफाइनलमा स्थान बनाउँदा फाइनल पुग्ने टोलीले अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्।

नेपाल रहेको समूहमा आयोजक ओमानसहित, क्यानडा र बहराइनले समूह ए मा रहेर प्रतिस्पर्धा गर्दा समूह बी मा आयरल्यान्ड, युएई, जर्मन र फिलिपिन्स रहेका छन्।
प्रतियोगिताको छनोट १५ देखि २५ फेब्रुअरीसम्म ओमानमा हुनेछ। नेपालले पहिलो खेलमा १८ फेब्रुअरीमा आयोजकसँग प्रतिस्पर्धा गर्दैछ।
प्रतियोगिताको सेमिफाइनल २२ फेब्रुअरीमा हुँदा फाइनल २४ फेब्रुअरीमा हुनेछ।
नेपालको खेल तालिका
फेब्रअरी १८ (फागुन ६) : नेपाल विरुद्ध युएइ ११ः४५
फेब्रुअरी १९ (फागुन ७) : नेपाल विरुद्ध बहराइन ११ः४५
फेब्रुअरी २१ (फागुन ९) : नेपाल विरुद्ध क्यानडा ३ः४५
थाहा खबर बाट सभार
