सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी

भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । जोहानेसबर्गमा दोस्रो टेस्टको पाँचौं दिन दक्षिण अफ्रिकाले खेल सकिन ६ ओभर २ बल बाँकी छँदै भारतले दिएको २ सय ४० रनको लक्ष्य ३ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका डेन इल्गरले अविजित ९६ रनको पारी खेले । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय २ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २ सय २९ रन बनाएको थियो । पहिलो पारीमा २७ रनले पछि परेको भारतले दोस्रो पारीमा २ सय ६६ रन बनाएको थियो । समग्रमा भारतले २ सय ३९ रन बनाएको थियो ।

Sana Kishan

यो जितपछि श्रृंखला १–१ को बराबरी भएको छ । पहिलो टेस्ट भारतले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट केपटाउनमा जनवरी ११ देखि सुरु हुनेछ । टेस्ट क्रिकेटपछि भारत र दक्षिण अफ्रिकाबीच तीन एकदिवसीय खेल हुनेछ । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.