Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मान्छे यी ७ कमजोरी, जसले मान्छेको स्टामिनामा कमी ल्याउँछ !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २२, बिहीबार १०:३७
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  हामीले कतिपय मान्छे देख्छौं जो सामान्य शारीरिक अभ्यास गर्दैमा पूरा थकित महसुस गर्छन् । बढी थकाइका कारण मान्छे छिटोछिटो सास फेर्न थाल्छ । यसको अर्थ यो हो उनीहरुमा स्टामिनाको कमी छ । अब प्रश्न उठ्छ कि स्टामिना भनेको के हो ? जो मान्छे लामो समयसम्म शारीरिक रुपमा सक्रिय रहन सक्छ त्यसैलाई स्टामिना भनिन्छ ।

 

सामान्य भाषामा भन्नुपर्दा कुनै पनि काम गर्दा मान्छेले नथाकेरै लामो समयसम्म सक्रिय रहन सक्नु नै स्टामिना हो । तर मान्छेले दैनिक क्रियाकलापमा यस्ता सामान्य गल्ती गर्दा पनि शरीरमा हुने स्टामिना दिन प्रतिदिन घट्दै जान्छ ।

१. कम पानी पिउने

कम पानी पिउने बानीले मान्छेको स्टामिनामा कमी ल्याउँछ । पानीको कमीले शरीरमा डिहाइड्रेसन हुन्छ । यस्तो अवस्थामा यसले मान्छेको स्टामिनामा असर गर्छ । पानी शरीरको लागि आवश्यक मात्र होइन, यसले शरीरलाई ऊर्जावान पनि बनाउँछ । त्यसैले मान्छेले दिउँसोको समयमा प्रशस्त पानी पिउनुपर्छ ।

२. मदिरा सेवन

अत्याधिक मदिरा सेवनले शरीरमा नकारात्मक असर पार्न सक्छ । जसले गर्दा मान्छेको स्टामिनामा कमी आउँछ । रक्सीले मान्छेको शारीरिक ऊर्जाको स्तरमा मात्र असर गर्दैन, यसले व्यक्तिमा थकानको महसुस गराउँछ । यस्तो अवस्थामा रक्सी पिउनेहरुको स्टामिना कमजोर हुन्छ ।

३. प्रोटिनयुक्त आहारको कमी

मानिसले खाने आहार स्वाद वा मनस्थिति अनुसार फरक हुने गर्छ । वास्तवमा स्वादलाई भन्दा खानामा पोषणलाई ध्यान दिनुपर्ने हो । तर यस्तो नहुँदा प्रोटिनयुक्त आहारको कमीले मान्छेको शरीरमा स्टामिना कमजोर हुन सक्छ । प्रोटिनयुक्त खानेकुराको सेवनले मांसपेशीको विकास मात्र गर्दैन, बलियो पनि बनाउँछ । यसले नयाँ मांसपेशीको निर्माण गर्न पनि सहयोग गर्छ । यस्तो अवस्थामा शरीरमा प्रोटिनयुक्त खानाको कमीले ऊर्जाको स्तर घटाउँछ । जसले स्टामिना पनि कमजोर हुन थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा आफ्नो आहारमा थप्नुपर्छ । उदाहरणका लागि एक व्यक्तिले आफ्नो आहारमा तिल, बदाम, काजु, सूर्यमुखी बीउ, बदाम, पालक, च्याउ, काउली, ब्रोकाउली, मटर, ओट्स आदिलाई खानाको रुपमा समेट्न सक्छन् ।

४. सोडियमको कमी

शरीरमा सोडियमको कमी हुँदा पनि स्टामिना कमजोर हुन सक्छ । यसबारेमा एउटा अनुसन्धान पनि बाहिर आएको छ, जसमा सोडियमको मात्रा कम हुनु पनि स्टामिना कमीको कारणले हुनसक्ने देखाएको छ । यस्तो अवस्थामा कसरत गर्ने वा कुनै किसिमको व्यायाम गर्ने व्यक्तिको शारीरिक कार्य क्षमता बढाउन शरीरमा सोडियमको मात्रा बढाउनु आवश्यक हुन्छ ।

५. कफिनको कमी

शरीरमा कफिनको कमीले पनि स्टामिना कमजोर हुन सक्छ । आजकल स्वास्थ्य समस्या आउने भन्दै धेरैले क्याफिनको बढी प्रयोग गर्दैनन् । तर आफ्नो खानामा कफिनलाई पूर्ण रुपमा हटाउनु उचित हुँदैन । यस्तो अवस्थामा यसको सेवनले शरीरमा ऊर्जाको तहलाई सन्तुलित मात्रै गराउँदैन, यसले शरीरमा ऊर्जा पनि मिल्छ ।

६. जीवनमा व्यायामको कमी

जाडो शुरु भएको छ । यस्तो अवस्थामा मानिसहरु बाहिर निस्कन हिच्किचाउँछन् र आफ्नो कोठामा कम्बल लगाएर सुत्न रुचाउँछन् । जसका कारण उनीहरूले आफ्नो जीवनबाट व्यायाम जस्ता शारीरिक क्रियाकलाप गर्न रुचाउँदैनन् । शारीरिक क्रियाकलापको कमीले व्यक्तिमा स्टामिनाको कमी हुन्छ । यस्तो अवस्थामा मानिसले आफ्नो दिनचर्यामा दौडने, पौडी खेल्ने, छिटो हिँड्ने, नृत्य गर्ने आदिलाई बढावा दिनुपर्छ । यसबाहेक व्यक्तिले आफ्नो दैनिक दिनचर्यामा पनि शारीरिक अभ्यासको कामलाई बढी प्राथमिकता दिनुपर्छ ।

७. अत्याधिक धुम्रपान

आजको समयमा मानिसहरु धुम्रपानको बढी सेवन गर्ने गर्छन् । यसबाहेक वरपर उपस्थित व्यक्तिलाई पनि अरुले खाएको चुरोटको धुवाँले असर गरिरहेको हुन्छ । त्यो धुवाँ शरीरभित्र पस्दा पनि असर धेरै हुन्छ । धुम्रपानले रक्तनलीलाई साँघुरो बनाउन सक्छ, जसले मुटुको स्वास्थ्य, मांसपेशी र शरीरका धेरै भागमा रगतको प्रभावलाई कम गराउने गर्छ । यस्तो अवस्थामा व्यक्तिको स्टामिना पनि कमजोर हुनसक्छ । यदि कुनै व्यक्ति आफ्नो स्टामिना बढाउन चाहन्छ भने धुम्रपान सेवनमा कमी ल्याउनुपर्छ ।

 

(onlinekhabar.com बाट साभार)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २२, बिहीबार १०:३७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ पुष २२, बिहीबार १०:३७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ पुष २२, बिहीबार १०:३७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष २२, बिहीबार १०:३७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २२, बिहीबार १०:३७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २२, बिहीबार १०:३७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २२, बिहीबार १०:३७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २२, बिहीबार १०:३७
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २२, बिहीबार १०:३७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व