Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एयरफोनमा लामो समयसम्म गीत सुन्नुहुन्छ ? यस्ता समस्या आउन सक्छन् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०७८
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले लामो समयसम्म ठूलो आवाजमा एयरफोनबाट गीत सुन्ने वा अरुसँग कुरा गर्ने गर्नुभएको छ ? एयरफोनमा लामो समयसम्म आवाज सुन्ने र बाहिरै पनि ठूलो स्पिकरमा आवाज सुन्ने गर्नुभएको भने आजै बन्द गर्न चिकित्सकहरु सुझाव दिन्छन् । लामो समयसम्म एयरफोन र ठूलो आवाज सुनेर बस्दा कानको दीर्घकालीन समस्या निम्तिने जोखिम बढी हुने नाक, कान, घाँटी रोग विशेषज्ञहरु बताउँछन् ।

विभिन्न अध्ययनले दैनिक एक घण्टाभन्दा धेरै एयरफोनमा संगीत सुन्न नहुने देखाएको छ । ठूलो आवाज त झनै सकेसम्म सुन्दै नसुन्न चिकित्सकहरु सुझाव दिन्छन् । यसले कानभित्र रहेका विभिन्न स्नायुलाई असर गरेर मान्छेले कानै नसुन्ने समस्यासम्म हुन सक्नेतर्फ चिकित्सकहरुले चेतावनी दिएका छन् ।

वीर अस्पतालको नाक, कान, घाँटी रोग विभागका आवासीय चिकित्सक डा. आशिष गौतम लामो समय कानमा एयरफोन लगाउने तथा ठूलो आवाजमा गीत सुन्दा यसले कानको सुन्ने क्षमतामा ह्रास आउने बताउँछन् । एक्कासी ठूलो गीत सुन्दा त्यसले कानको जाली फुट्नेसम्मका समस्या आउन सक्ने उनको भनाइ छ ।

त्यसो त विभिन्न अध्ययनले पनि एक घण्टाभन्दा धेरै नियमित एयरफोन लगाउनेको कानमा विभिन्न समस्या निम्तिने जोखिम औंल्याएको छ । सन् २०१८ मा चण्डीगढ विश्वविद्यालयबाट एयरफोन र हेडफोनमा ठूलो आवाजमा गीत सुन्ने विद्यार्थीको स्वास्थ्यमाथि गरिएको अध्ययनमा ६० प्रतिशत सहभागीहरुमा गम्भीर स्वास्थ्य समस्या भएको देखाएको थियो । उक्त अध्ययनमा सहभागीमध्ये जम्मा ४३ प्रतिशतले मात्रै एक घण्टामा केही समय एयरफोन कानबाट हटाउने गरेको बताएका थिए । १५ प्रतिशतले तीन घण्टासम्म ब्रेक नलिने गरेको भेटिएको छ । कुल सहभागीमध्ये १५ प्रतिशतमा एयरफोनबाटै विभिन्न संक्रमण भएको देखिएको छ ।

यसबाहेक अमेरिकाको बायोटेक्नोलोजिकल इन्फर्मेसन सेन्टरको अध्ययनले पनि लामो समय एयरफोन लगाउनेमा इन्फेक्सन र कम सुन्ने समस्या हुने गरेको औंल्याएको थियो । धेरै एयरफोन लगाउँदा कानको स्नायुमा असर गर्ने अध्ययनले देखाएको छ । लामो समय र ठूलो आवाजमा एयरफोन वा हेडफोन प्रयोग गर्दा निम्न समस्याहरु देखिने गर्दछन् ।

चक्कर लाग्ने

लामो समयसम्म एयरफोनमा आवाज सुनिरहँदा चक्कर लाग्ने समस्या बढी हुन्छ । ठूलो आवाज धेरैबेरसम्म सुन्दा त्यसले टाउकोमा असर गर्ने गर्छ ।

स्थायी तथा अस्थायी श्रवण शक्ति गुम्ने जोखिम

नियमित ठूलो स्वरमा आवाज सुन्ने तथा ठूलो आवाजमा बाहिरै पनि गीन बजाउँदा मान्छेको स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखिम बढी हुन्छ ।

कानमा धेरै कोषिकाहरू हुन्छन् । कपालको कोषिका भनेर चिनिने सानो कपाल जस्तो संरचनाहरू छन् जसले कानबाट मस्तिष्कसम्म ध्वनि प्रवाह गर्ने काम गर्छन् । धेरै ठूलो आवाजले यी कोषिकामा गम्भीर समस्या निम्त्याउन सक्छ, जसले ध्वनि प्रसारणको सम्पूर्ण प्रक्रियामा बाधा पु¥याउँछ ।

कानमा इन्फेक्सन

नियमित एयरफोन वा हेडफोनहरू लगाउँदा कानभित्र हावा छिर्ने मार्गमा अवरोध सिर्जना हुन्छ । यो अवरोध नै कानको संक्रमणको सामान्य कारण बन्न सक्छ । एयरफोन प्रयोग गर्दा कानमा ब्याक्टेरियाको विकास हुन्छ । हेडफोन प्याकमा त्यसैले पनि चेतावनीको संकेत राखिएको हुन्छ । यदि एयरफोनको प्रयोग बढ्यो भने यसले कानमा संक्रमणको जोखिम बढाउन सक्छ । हानिकारक ब्याक्टेरिया तपाईंको कानबाट एयरफोन चलाउने अर्को व्यक्तिमा सर्ने भएकोले एयरफोन सकेसम्म अर्को व्यक्तिलाई चलाउन दिनु हुँदैन ।

कानको दुखाइ

दैनिक लामो समयसम्म इयरफोन प्रयोग गर्दा कान दुख्ने समस्या सबैभन्दा धेरै देखिन्छ । प्राकृतिकभन्दा धेरै आवाज एयरफोनको माध्यमबाट कानसम्म पुग्छ भने यसले उपकरणमार्फत उत्पादन हुने आवाजलाई प्राकृतिक रुपमा सहजै स्वीकार्न सक्दैन । बाहिरी कानमा अत्याधिक दबाब पर्ने र कानको पर्दामा पर्ने असरले पनि कान दुख्ने समस्या बढ्ने गर्छ ।

एकाग्रतामा समस्या

एयरफोनहरु धेरै साना भएपनि यसबाट निस्कने आवाजले तपाईंको कानको पर्दामा ठूलो नकारात्मक प्रभाव पार्न सक्छ । ध्वनि कानबाट मस्तिष्कसम्म पुग्छ र यसले स्नायु प्रणालीलाई असर गर्छ । जसले गर्दा मान्छेको कुनैपनि कुरामा गहिराइमा ध्यान दिने र एकाग्र बन्ने क्षमतामा कमी आउँछ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल
स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

साउन १४, २०८३
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने
स्वास्थ्य

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने

असार २६, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न
स्वास्थ्य

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व