सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गिजर प्रयोगमा ख्याल गर्नुहोस् !!

251
Sana Kishan

यो जाडो मौसम । कतिपयले तातो पानीले नुहाउने सुविधाको लागि गिजर जडान गरेका हुन्छन् । अझ काठमाडौंमा छ्यापछ्याप्ती खुलेका होस्टलमा विद्यार्थी आकर्षित गर्न गिजरमार्फत् तातो पानीले नुहाउने सुविधा दिइएको हुन्छ । तर व्यवस्थापकले यसको सही प्रयोग गर्न नसिकाउँदा अथवा विद्यार्थी स्वयम्ले सावधानी अपनाउन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।

 

हालै,काठमाडौं,मिलनचोकस्थित रुमिज गल्र्स होस्टेलमा २० वर्षिया स्वसिका लिम्बू बाथरूममा नुहाउन छिरेकी थिइन् । तर,बाथरूमभित्रै निसास्सिएर उनको मृत्यु भयो । त्यस्तै ललितपुरको सुरिवा गल्र्स होस्टलमा बस्ने वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि नुहाउने क्रममा बाथरूममा निसास्सिएर मृत्यु भयो । उता काठमाडौं,बागबजारस्थित केएमसी होस्टलको बाथरूममा ग्यास गिजरले पानी तताएर नुहाइरहेका १८ वर्षीय विद्यार्थी सुशील सहनीले पनि ज्यान गुमाए ।

Arus

यी केही प्रतिनिधि घटनाले जेष्ठ नागरिकभन्दा धेरै किशोरकिशोरीहरु गिजरको उचित प्रयोगमा लापरवाह भएको देखिन्छ । यस्ता घटना कहाँ कति भएका छन्,यकिन तथ्याङ्क प्रहरीसँग पनि छैन । समस्या गिजर होइन,यसको सही प्रयोगमा लापरवाही हुनु नै मृत्युको कारण भएको छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको बुझाई छ । डा दास भन्छन्, ‘नुहाउँदा केही संकेत वा लक्षण थाहै नपाई कोही पनि अर्धचेत हुँदैन । त्यतिबेलै सचेत हुन सके मानिस मृत्युको मुखबाट जोगिन सक्छ ।’

ग्यास गिजर किन्दा र जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी दिने र लिने दुवै चलन छैन । यसको प्रयोगलाई हामीले सामान्य मानिदिन्छौ । जसको कारण जोखिम बढेको डा. दासको भनाई छ ।

डा. दासका अनुसार गिजरबाट अक्सिजनको खपत बढी हुन्छ । त्यसले कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढाउँछ । कार्वन मोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ,जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । रक्तसञ्चारमार्फत् मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस फैलिन गई,पोइजनिङ भएर मानिसको मृत्यु हुन्छ ।

कार्बन मोनोअक्साइड कमी हुँदा देखिने लक्षण

–कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत् टाउकोमा पुग्दा सुरूमा टाउको दुख्छ ।

–रिंगटा लागेजस्तो,बान्ता आउलाजस्तो हुन्छ ।

–व्यक्तिलाई आफू कहाँ छु भन्ने थाहा हुन छोड्छ ।

–त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत (बेहोस) अवस्थामा पुग्छ ।

Karnali Traders

–मुटुको गतिमा परिवर्तन आउँछ ।

गिजरको प्रयोग कसरी गर्ने ?

–बाथरूममा नुहाउँदा झ्याल वा भेन्टिलेसन खुला राख्ने ।

–गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्ने ।

–आफूलाई स्वास–प्रश्वासमा समस्या आए नआएको ख्याल राख्ने ।

–बाथरूममा लामो समयसम्म बस्ने बानी कम गर्ने ।

–नुहाउन जाँदा घरपरिवारको कुनै सदस्यलाई जानकारी गराउने ।

–बाथरूममा झ्याल वा भेन्टिलेसन छैन भने गिजर नै नजोड्ने ।

–प्राकृतिक रुपमा पानी तताएर नुहाउनु उपयुक्त हुने । सीता न्यौपानेले रातोपाटीमा लेखेका छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.