Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गिजर प्रयोगमा ख्याल गर्नुहोस् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष १९, सोमबार १३:०३
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

यो जाडो मौसम । कतिपयले तातो पानीले नुहाउने सुविधाको लागि गिजर जडान गरेका हुन्छन् । अझ काठमाडौंमा छ्यापछ्याप्ती खुलेका होस्टलमा विद्यार्थी आकर्षित गर्न गिजरमार्फत् तातो पानीले नुहाउने सुविधा दिइएको हुन्छ । तर व्यवस्थापकले यसको सही प्रयोग गर्न नसिकाउँदा अथवा विद्यार्थी स्वयम्ले सावधानी अपनाउन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।

 

हालै,काठमाडौं,मिलनचोकस्थित रुमिज गल्र्स होस्टेलमा २० वर्षिया स्वसिका लिम्बू बाथरूममा नुहाउन छिरेकी थिइन् । तर,बाथरूमभित्रै निसास्सिएर उनको मृत्यु भयो । त्यस्तै ललितपुरको सुरिवा गल्र्स होस्टलमा बस्ने वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि नुहाउने क्रममा बाथरूममा निसास्सिएर मृत्यु भयो । उता काठमाडौं,बागबजारस्थित केएमसी होस्टलको बाथरूममा ग्यास गिजरले पानी तताएर नुहाइरहेका १८ वर्षीय विद्यार्थी सुशील सहनीले पनि ज्यान गुमाए ।

यी केही प्रतिनिधि घटनाले जेष्ठ नागरिकभन्दा धेरै किशोरकिशोरीहरु गिजरको उचित प्रयोगमा लापरवाह भएको देखिन्छ । यस्ता घटना कहाँ कति भएका छन्,यकिन तथ्याङ्क प्रहरीसँग पनि छैन । समस्या गिजर होइन,यसको सही प्रयोगमा लापरवाही हुनु नै मृत्युको कारण भएको छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको बुझाई छ । डा दास भन्छन्, ‘नुहाउँदा केही संकेत वा लक्षण थाहै नपाई कोही पनि अर्धचेत हुँदैन । त्यतिबेलै सचेत हुन सके मानिस मृत्युको मुखबाट जोगिन सक्छ ।’

ग्यास गिजर किन्दा र जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी दिने र लिने दुवै चलन छैन । यसको प्रयोगलाई हामीले सामान्य मानिदिन्छौ । जसको कारण जोखिम बढेको डा. दासको भनाई छ ।

डा. दासका अनुसार गिजरबाट अक्सिजनको खपत बढी हुन्छ । त्यसले कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढाउँछ । कार्वन मोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ,जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । रक्तसञ्चारमार्फत् मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस फैलिन गई,पोइजनिङ भएर मानिसको मृत्यु हुन्छ ।

कार्बन मोनोअक्साइड कमी हुँदा देखिने लक्षण

–कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत् टाउकोमा पुग्दा सुरूमा टाउको दुख्छ ।

–रिंगटा लागेजस्तो,बान्ता आउलाजस्तो हुन्छ ।

–व्यक्तिलाई आफू कहाँ छु भन्ने थाहा हुन छोड्छ ।

–त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत (बेहोस) अवस्थामा पुग्छ ।

–मुटुको गतिमा परिवर्तन आउँछ ।

गिजरको प्रयोग कसरी गर्ने ?

–बाथरूममा नुहाउँदा झ्याल वा भेन्टिलेसन खुला राख्ने ।

–गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्ने ।

–आफूलाई स्वास–प्रश्वासमा समस्या आए नआएको ख्याल राख्ने ।

–बाथरूममा लामो समयसम्म बस्ने बानी कम गर्ने ।

–नुहाउन जाँदा घरपरिवारको कुनै सदस्यलाई जानकारी गराउने ।

–बाथरूममा झ्याल वा भेन्टिलेसन छैन भने गिजर नै नजोड्ने ।

–प्राकृतिक रुपमा पानी तताएर नुहाउनु उपयुक्त हुने । सीता न्यौपानेले रातोपाटीमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष १९, सोमबार १३:०३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ पुष १९, सोमबार १३:०३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ पुष १९, सोमबार १३:०३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष १९, सोमबार १३:०३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष १९, सोमबार १३:०३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष १९, सोमबार १३:०३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष १९, सोमबार १३:०३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष १९, सोमबार १३:०३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष १९, सोमबार १३:०३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व