सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्यान र क्रिकेट खेलाडीबीच सहमति

347
Sana Kishan

नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीच पछिल्लो समय चलेको विवाद अन्ततः सहमतिमा टुंगिएको छ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई क्यानले अनुशासनको कारवाही गरेको थियो।

Arus

क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्त गर्दा नयाँ कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो। साथै‚ चारै जनालाई २०२२ को सुरुवाती चार महिन सेन्ट्रल ’कन्ट्रयाक’ नदिने निर्णय गरेको थियो।

सहमतिअनुसार क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई गरेको अनुशासनको कारबाही फिर्ता लिने र खेलाडी नियमित अभ्यासमा फर्किने जनाइएको छ। यद्यपि‚ खेलाडीलाई ’सेन्ट्रल कन्ट्रयाक’ दिए पनि क्यानले कप्तान परिवर्तनको निर्णय कायमै राख्ने आफ्नो अडानलाई कायम राखेको हो।

Karnali Traders

आसन्न टि–२० विश्वकपका लागि क्यानले बन्द प्रशिक्षणमा चारै जनालाई समेटर ३० जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरिएकोमा कारवाहीमा परेका चारसहित १० खेलाडीले ’क्याम्प’ बहिस्कार गरेका थिए। जसका कारण आइतबारको अभ्यास प्रभावित भएको थियो।

त्यसपछि क्यानका पधाधिकारी, प्रशिक्षक र ज्ञानेन्द्र मल्लबिच काठमाडौंको एक होटेलमा दिउँसो छलफल भएको थियो। छलफलमा मल्ल र क्यानका पदाधिकारीहरु बिच सहमति भएको हो। सहमति अनुसार सोमबारदेखि सबै खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी हुने छन्।

अब बस्ने बोर्ड बैठकले खेलाडीहरुलाई अनुशासनको कारवाही फिर्ता गर्दै खेलाडीहरुलाई सन् २०२२ मा शुरुदेखि नै केन्द्रीय सम्झौतामा समावेश गर्ने बताएको छ। योसँगै तत्काललाई खेलाडी र क्यानबिचको विवाद अन्त भएको छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.