सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री शेरबहादुर देउवा पुसमै भारत भ्रमणमा जाने

325
Sana Kishan

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा १०औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमणतालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे भने, ‘भ्रमण करिब तय भइसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।’

Arus

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उक्त सम्मेलनलाई लक्ष्य गरी भ्रमणमा जान लागे पनि उता पुगेर को–कोसँग भेट गर्ने भन्ने तय भइसकेको छैन।

Karnali Traders

भ्रमणका विभिन्न एजेन्डामध्ये केही टुंगो लागिसकेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग सम्भवतः भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्नेछन्। यसअघि गत कात्तिक १६ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ स्कटल्यान्डमा देउवा र मोदीबीच भेट भएको थियो।

प्रधानमन्त्रीपत्नी डा. आरजु राणाले नयाँदिल्लीमा राजनीतिक भेटघाट सुरु गरेकी छन्। उनले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी हुन्। उनी भाइको उपचारका लागि पुस ११ गते दिल्ली पुगेकी थिइन्।

 

(annapurnapost.com बाट साभार) 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.