Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेतृ भगवती चौधरीको ‘फरवार्ड मार्ट’ सञ्चालनमा, ग्रामीण व्यवसाय र अर्थतन्त्रमा छलाङ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘दुहवीको शान हाम्रो मान ’ भन्दै ग्रामिण अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यसहित सुनसरीको दुहवीमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आएको छ । फरवार्ड सुपरमार्केट दुहवीकै पहिलो आधुनिक सुपरमार्केट हो ।

फरवार्ड इन्टरप्राइजेजद्वारा सञ्चालित फरवार्ड सुपरमार्केटको कम्पनीकी अध्यक्षसमेत रहेकी पूर्वराज्यमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै दुहवी क्षेत्रको आर्थिक, सामाजिक विकास र ग्रामिण उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले फरवार्ड सुपरमार्केट शुरु गरिएको बताइन् । ‘स्थानीय जनताद्वारा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने तथा उनीहरुलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ मुल्यमा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो ।’ अध्यक्ष चौधरीले भनिन् ।

सुनसरीको क्षेत्र नं ३ का जनताहरु आर्थिक, सामाजिक रुपमा पछि परेको बताउँदै चौधरीले जनताको जिवनस्तर उकास्न तथा उनीहरुको ज्ञान, सिपलाई व्यवसायीकरण गर्न राज्य तथा निजी क्षेत्रले ग्रामिण क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताइन् । कुनैपनि क्षेत्रको विकास गर्नुछ भने सर्वप्रथम त्यहाँका जनताको जिवनस्तर उकास्न आर्थिक गतिविधि बढाउनु पर्ने चौधरीको भनाई छ ।

 

‘फरवार्ड सुपरमार्केटले यहाँका जनताको लाइफ स्टायललाई पनि परिवर्तन गर्न सहयोग पुग्छ भन्ने विस्वास लिएको छु ।’ फरवार्ड सुपरमार्केटको शुभारम्भसँगै अन्य व्यवसायीहरुलाई दुहवीमा ठूला र एकीकृत व्यवसाय गर्न सकिन्छ भन्ने अभिप्रेरणा पनि दिने चौधरीले बताइन् । फरवार्ड इन्टरप्राइजेजले होलसेल तथा खुद्रा दुवै प्रकारले व्यापार गर्ने भएकाले स्थानीय व्यवसायीहरु समेत लाभान्वित हुने चौधरीले जिकीर गरिन् । ‘सुपरमार्केट आयो अब हाम्रो व्यवसाय सुक्छ भनेर नतर्सिनुहोस् हामीले स्थानीय व्यवसायीहरुलाई होलसेल सामान समेत दिन सक्छौं ।’ चौधरीले भनिन् ।

 

चौधरीले फरवार्ड सुपरमार्केटले स्थानीय जनताद्वारा उत्पादित वस्तुहरु खरिद गर्ने समेत बताइन् । ग्रामिण भेगका जनतालाई उद्यमशिलतामा जोड्न फरवार्डले कृषि, पशु तथा परम्परागत सिपलाई व्यवसायीक बनाउन सहकार्य गर्ने पनि बताइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै संघीय सांसद तथा संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पालले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा दिने बताइन् । भगवती चौधरीले पैसा कमाउनकैलागि सुपरमार्केट सञ्चालन नगरेको बताउँदै पालले भनिन्–‘भगवती चौधरीजीले यहि सुपरमार्केट काठमाडौंमा खोल्न सक्थिन् तर, आफ्ना जनताका लागि व्यवसायीकतालाई यहाँका जनतालाई सेवा गर्न खोल्नु भएको छ । यसलाई म सलाम भन्न चाहन्छु ।’ पालले भनिन् ।

भगवती चौधरीले फरवार्ड माइक्रोफाइनान्समार्फत लाखौं महिलालाई गोलबद्ध गर्दै संमृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न समेत योगदान पुर्याएको चर्चा गरिन् । फरवार्ड सुपरमार्केटले दुहवीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पालले सुपरमार्केटलाई सफल बनाउन स्थानीय जनताले साथ दिनुपर्ने बताइन् ।

 

कार्यक्रममा बोल्दै दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले फरवार्ड सुपरमार्केटले स्थानीय क्षेत्रको अर्थतन्त्र सुधार्न सहयोग पुग्ने तथा छरिएर रहेका व्यवसायहरुलाई पनि एकीकृत रुपमा सञ्चालन गर्न अभिप्रेरित गर्ने बताए । सुपरमार्केटमा उपभोक्ताले कुनैपनि सामान खरिद गर्दा अधिकतम छनौट गर्नु सुविधा पाउने भएकाले क्वालिटी सामान पाउन सकिने मेयर गच्छदारको भनाई थियो ।

फरवार्ड इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले फरवार्ड सुपरमार्केटमा १५ हजार बढी सामानहरु रहेको जनाउँदै अब दुहवीबासीले कुनैपनि सामान खरिद गर्न इटहरी, विराटनगर तथा जोगवनी सम्म जान नपर्ने बताए ।

 

शुभारम्भको अवसरमा गायक सुमित खड्का, प्रितम आचार्य लगाय स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुति समेत दिएका थिए । फरवार्ड सुपरमार्केट दुहवीकै पहिलो आधुनिक सुपरमार्केट हो । एक्सिलेटर, लिफ्ट तथा एसी सुविधायुक्त सुपरमार्केटमा ग्राहकले १५ हजार बढी सामान एकै छानामुनीबाट सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।

करिव २० करोडको लगानीमा सञ्चालनमा आएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, महिला पुरुषकालागि आकर्षक जुत्ताचप्पल, ब्याग, एलजी, स्काईवर्थ, खैतान जस्ता कम्पनीका टिभी, फ्रिज, माइक्रोओभन, हिटर, भ्याकुम क्लिनर, राइसकुकर, वासिङ मेसिन लगायत अत्यावश्यक घरायसी सामानहरु पाइन्छ ।

सुपरमार्केटले स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछ । स्थानीय तहमा उत्पादित वस्तुहरुकालागि छुट्टै स्टल प्रबन्ध गरिएको छ । सुपरमार्केटको ग्राउण्ड फ्लोरमा दैनिक घरायसीका सामान जस्तैः नुन तेल, चीनी, दाल, चामल, मरमसला, विस्कुट, चाउचाउ लगायत दैनिक उपभोग्य वस्तुहरु तथा विभिन्न ब्राण्डका पेयपदार्थहरु पाइन्छ । मदिराका पारखीहरुले विभिन्न ब्राण्डका मदिराहरु यसै फ्लोरमा खरिद गर्न सक्छन् । युवायुवतिहरुकालागि चाहिने सौन्दर्य प्रसाधनका सामग्रीहरु पनि यसै फ्लोरमा पाइन्छ ।

ग्राउण्ड फ्लोरको अगाडी आकर्षक कफी सपसमेत रहेको छ । जहाँ चिया, कफी, आइसक्रिम लगायत स्वादिष्ट बेकरीको स्वाद लिन सकिनेछ । सुपरमार्केटको पहिलो तल्लामा होम अप्लाएन्सहरु रहेकाछन् । उपभोक्ताले अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्राण्डदेखि नेपालमै निर्माण भएका गुणस्तरीय होम अप्लाएन्सहरु सुपथ मुल्यमा खरिद गर्न सक्छन् ।

सुपरमार्केटको दोश्रो तल्लामा महिला पुरुषकालागि चाहिने लत्ताकपडाहरु राखिएका छन् । महिला पुरुष तथा बालबालिका सबैकालागि जाडो गर्मी जुनसुकै समयमा चाहिने लत्ताकपडा, फेसन आइटमहरु पाइन्छ ।

सुपरमार्केटको तेश्रो तल्लामा बैंक रहेको छ । उपभोक्ता कहाँ सहज रुपमा बैंक तथा वित्तीय सेवा पुग्न सकोस र फरवार्ड सुपरमार्केटमा आएका उपभोक्तालाई पनि सहजै बैंकिङ सुविधा पुर्याउन तेश्रो तल्लामा राष्ट्रिय बाणिज्य बैंकको शाखा राखिएको हो । सुपरमार्केटकै ग्राउण्ड फ्लोर अगाडी विभिन्न बैंकहरुका एटीएम राखिएका छन् ।

चौथो तल्लामा नेपालीदेखि विभिन्न अन्तराष्ट्रिय ब्राण्डका जुत्ता चप्पलसँगै मोवाइल तथा मोवाइलका एसोसेरिज रहने कम्पनीका म्यानेजिङ डाइरेक्टर द्रव्यराज चौधरीले बताए । यसै तल्लामा पछिल्लो समय युवायुवती तथा बालबालिकाको रोजाइमा पर्न गएको भिडियो गेमका लागि ‘गेमिङ जोन’ पनि रहनेछ ।

सुपरमार्केटको पाचौं तलामा फुडकोर्ट र किण्डरजोन रहनेछ । आरामदायीक फुडकोर्टमा बसेर परम्परागत नेपाली, इण्डीयन, इटालियन, कन्टिनेन्टल परिकारका स्वादहरु लिन सक्छन् । साथमा, आकर्षक किण्डरजोन पनि भएकाले बालबालिकाहरुलाई खेलकुद युक्त मनोरञ्जनका साधनबाट मनोरञ्जन लिन सक्नेछन् ।

छैटौं तल्लामा आधुनिक मल्टिफ्ल्लेक्स फिल्म हल रहनेछ । हाल फिल्म हल, फुड कोर्ट, किड्स जोन निर्माणाधिन रहेका छन् । फरवार्ड सुपरमार्केटको ओपनिङको अफरमा बम्पर उपहार योजना ल्याइएको छ । कम्पनीले पौष १७ गतेदेखि २३ गते सम्मकालागि ३० प्रतिशतसम्म छुट दिएको छ । भने, प्रत्येक दिन लक्की ड्र मार्फत उपहार योजना ल्याएको छ ।

प्रत्येक दिन राइस कुकर, आइरन, ग्लास सेटलगायतका उपहार योजना रहेका छन् । ग्राहकले रु १००० सम्मको खरिदमा लक्की ड्र तथा २० हजारसम्मको खरिदमा बम्पर अफर कुपन प्राप्त गर्न सक्नेछन् । बम्पर उपहार गोला प्रथाद्वारा अन्तिम दिन सार्वजनिक गरिनेछ । जसमा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन पाउने कम्पनीले जनाएको छ । himalayapost.com बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व