
भारतले यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आज शुक्रवार भएको फाइनल खेलमा श्रीलङ्कालाई नौ विकेटले हराउँदै भारतले यू–१९ एसिया कपको उपाधि जितेको हो ।
वर्षाले प्रभावित खेलमा भारतीय टोलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनको लक्ष्य पाएको थियो । भारतका लागि आङ्क्रिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए ।


यसअघि श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नौ विकेट गुमाएर एक सय ६ रन बनायो । तर डकवर्थ लुइस नियमको आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनको पाएको थियो । श्रीलङ्काका लागि यसुरु रोड्रिगोले १९ र रविन डी सिल्भाले १५ रन बनाए । बलिङतर्फ भारतका विक्की वस्तलले तीन र कौशल ताम्बेले दुई विकेट लिए ।
योसँगै भारत यू–१९ एसिया कपमा आठौँ पटक विजेता बनेको हो । उज्यालो अनलाइन बाट सभार
