
किन अचेल बाँच्ने भन्दा मर्ने रहर हुन्छ।
जिन्दगीदेखि थाकेर यस्तै अक्सर हुन्छ।

केवल मृत्यु कुर्दा कुर्दै जिन्दगी सकियो,
लाग्दैन यो देशमा इमानको कदर हुन्छ।
अरुले ठगेको दुख्दैन भाग्यले ठगेपछी,

सपना देखे घरवार बिहिनको घर हुन्छ।
छाडा चौपाया जस्तै लखेटी रहन्छ सबै,
दूध दिने भएन यहाँ सबैको नजर हुन्छ।
आफ्नै भनेर नहुदो रहेछ देखिन्छ यहाँ,
कयौँ ज्यान लिने आफ्नै मफलर हुन्छ।
