जेठ, काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ ।
समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पायो र त्यसमा अन्जन विष्टले कुनै गल्ती गरेनन् । यसअघि २०१९ मा भएको छनोटकै खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउँदै दुवै गोल अन्जनले नै गरेका थिए ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
दोस्रो हाफमा नेपालले एक गोल थप्यो । सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गोल गरे ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेका थिए । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ । अनलाइनखबर
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)