बैतडी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले बैतडीको मैलौली नगरपालिकामा संसद बिघटन बिरुद्ध बिरोध सभा गरेको छ । जिल्ला कमिटिको पुर्ब निर्बारित कार्यक्रम अनुसार असम्बैधानिक कदमका बिरुद्ध नेकपा मैलाली नगर कमिटिको आयोजनामा बिरोध सभा गरिएको हो ।
बिरोध सभामा नेकपा केन्द्रिय सदस्य एंबम बैतडी ईन्चार्ज नरेन्द्र कुवँर, बैतडी पार्टी सचिब प्रेम प्रकाश भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते चालेको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रचण्ड नेपाल समुहले बिभिन्न संर्घषका कार्यक्रमहरु गरिरहेको हो ।
बैतडीमा नेकपा प्रचण्ड–नेपाल समुहले यसअघि पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनी बिरोध सभा समपन्न गरिसकेको छ ।

यस्तै माघ ११ गते बैतडीका १० स्थानिय तहका सबै वडाहरुमा पनी वडास्तरीय बैठक भेला सम्पन्न गरीसकेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुइ समुहमा विभाज भएको छ ।
दुइटै समूह कार्यक्रममा व्यस्त छन । केपी ओली समहूले संसद विघटनको सर्मथन गरिहेको छ भने प्रचण्ड नेपाल समहूले विरोध गरिहेको हो ।

(रेडियो बैतडी बाट साभार)
