बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा सिकाई निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन गरिएको छ । युनिसेफको आर्थिक सहयोग तथा शिक्षा तथा मानव स्रोत बिकास केन्द्र ,नेपाल शिक्षा समुह, सामुदायिक विद्यालय ब्यबस्थापन महासंघ नेपाल र नेपाल शिक्षक महासंघको समन्वयमा सिकाई निरन्तरता अभियानलाई प्रभावकारी रुपले संचालन गर्न शिक्षा प्रतिकार्य योजना निर्माण गर्नका लागि समिती गठन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष ओकेन्द्र बोहराको अध्यक्षता तथा सामुदायिक विद्यालय ब्यबस्थापन महासंघ नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रेम सिह भाटको सहजीकरणमा समिती गठन गरिएको हो ।
डिलाशैनी गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक, विद्यालय ब्यबस्थापन समिती अध्यक्ष र शिक्षा समितिका पदाधिकारीहरुको भेलाले शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन गरेको डिलाशैनी गाउँपालिकाका शिक्षा संयोजक महादेब भट्टले जानकारी दिनु भएको छ ।
गाउँपालिका उपाध्यक्ष पार्बती रानाको संयोजकत्वमा शिक्षासंग सरोकार राख्ने विभिन्न क्षेत्रको प्रतिनिधित्व गरि ७ सदस्यीय समिति गठन गरिएको छ । शिक्षा समिती, विद्यालय ब्यबस्थापन समिती, प्रधानाध्यापक र शिक्षा शाखाको प्रतिनिधित्व गरि समिती गठन गरिएको हो ।

गठित समितिले सिकाई निरन्तरता अभियानलाई प्रभाबकारी रुपले संचालन गर्न प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण गर्ने छ । सामुदायिक विद्यालयहरुको समग्र शैक्षिक गुणस्तर उकास्न र कोभिड १९ का कारण प्रभावित पठनपाठनलाई लयमा ल्याउन सिकाई निरन्तरता अभियान संचालन भईरहेको हो । ए
अनलाईन शिक्षा , टेलिभिजन शिक्षा , रेडियो शिक्षा , टोल समुदायमा आधारित शिक्षण र स्वअध्ययन सामाग्री लगायतका विधि अबलम्बन गरि बैकल्पिक शिक्षालाई निरंतरता दिन कार्यक्रम संचालन भईरहेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष उकेन्द्र बोहराले कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । कोरोना महामारीले शिक्षा जस्तो संबेदनशिल क्षेत्र प्रभावित भएको भन्दै प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजनाले शिक्षामा परेको असर न्यूनीकरण गर्ने आशा व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रम देशका विभिन्न ४ ओटा प्रदेशहरुका २० स्थानिय तहमा संचालन भईरहेकोमा बैतडीमा पनि डिलाशैनि गाउँपालिका र पाटन नगरपालिका छ्नौट भएका छ्न । अब पाटन नगरपालिकामा पनि शिक्षा प्रतिकार्य योजना निर्माण गरिने बताईएको छ ।
(रेडियो बैतडी बाट साभार)
