गोत्र शब्दको अर्थ हो बंश र कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि ब्यक्तिको गोत्र भरद्वाज हो भने त्यस्को अर्थ हो है त्यो ब्यक्तिको बंश वैदिक ऋषि भरद्वाजबाट शुरु भएको हो । अर्थात त्यो ब्यक्तिको जन्म ऋषि भरद्वाजको पीढीमा भएको हो ।तपाइँलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे तपाइँलाई थाहै होला ।
तर किन हुन्छ त यस्तो विवाद किन हुँदैन एउटै गोत्रमा विवाह गर्न विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् । विवाहमा गोत्रको ठूलो महत्व छ । पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै कन्या सहगोत्री छिन् भने उनीसँग विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन ।वाह छिन्ने समयमा गोत्रमात्र नभएर प्रवरको समेत ख्याल गर्नु पर्छ ।
प्रवर पनि ऋषिको नाम अनुसार फरक फरक हुन्छ । गोत्रको सम्बन्ध रगतले निर्धारण गरेको छ भने प्रवरको सम्बन्ध भने अध्यात्मले । मत्यस्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ ।धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत्’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ ।यस्ता जोडीलाई सन्तान पनि गतिला नजन्मिने हुँदैन । जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ ।
भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन ।अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ ।दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो ।
असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे । अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो ।अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो । असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो ।धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन ।त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो । दूबो खाएपछि गणेशजीको पीडा शमन भयो । त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो । गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मान्नुभएन ।
रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो । राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् । त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो । gnewsnepal