भाष्कर केसी-कञ्चनपुर
भाष्कर केसी-कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाका एकल महिलालाई राहत वितरण गरिएको छ । मंगलबार सर्पोट नेपाल कोडिभ १९ राहत वितरण अभियानले एकल महिलालाई रहत वितरण गरेको हो । अध्ययनका लागि अमेरिकामा रहेका सुप विश्वविद्यालयका उप प्राध्यापक टेकेन्द्र प्रशाद भट्टले संकलन गरेको रकमबाट एकल महिलालाई राहत वितरण गरिएको छ ।
राहत सहयोग अभियन्ता एव कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाटले भीमदत्त नगरपालिका ६का वडाध्यक्ष हरकसिह धामीको रहोबरमा ६० एकल महिलालाई राहत वितरण गरिएके बताए । भाटका अनुसार दाल, चामल, लगायतको खाद्यान्न समाग्री वितरण गरिएको छ । लकडाउनका बेला राहत पाएपछि स्थानीय हर्षित भएका छन् । यो खबर बेलडाडी पोस्टमा छ