सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चित्रकलामा जम्दै दिनेश विक्रम सिंह

खेम साउद , दक्षिण कोरिया

भनिन्छ प्रत्येक मान्छे संग कुनै न कुनै किसिमको प्रतिभा लुकेर रहेको हुन्छ । मात्र हामी ले त्यो प्रतिभा वा क्षमता लाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

इपिएस मार्फत दक्षिण कोरिया छिरेका कतिपय व्यक्तिहरुमा कुलत, तनाव, गलत संगत र व्यक्तिगत अव्यवस्थापन जस्ता बिभिन्न कारणहरुले डिप्रेसन लगायतका समस्याहरु आउने गरेका छन भने कतिपय व्यक्तिहरूले फुर्सदको समयमा आफूमा भएको ज्ञान र सीपलाई उपयोग गरी परदेशको बसाई लाई सरल र सहज बनाएका छन ।

व्यस्त बिदेशको दैनिकीका बाबजुद पनि आफ्नो कला र क्षमतालाई सदुपयोग गर्दै अगाडी बढ्दै गरेका एक प्रतिभा हुन दिनेश विक्रम सिंह ।

World Link Ads
Mahakali Polytechnic


बझाङको खप्तड छान्नामा जन्मेर पछिल्लो समय कैलालीको धनगढीका स्थायी बासिन्दा सिंह हाल इ-9 भिषा अन्तर्गत दक्षिण कोरियाको फाजु स्थित एक कम्पनी मा कार्यरत छन । सानै देखि चित्र कलामा रुचि राख्ने उनी आफ्नो फुर्सदको समयमा चित्र कला र सो सम्बन्धी खोज तथा अध्ययनमा व्यस्त हुन्छन ।

Dirghayu Ads


मानिसको तस्वीरलाई हु-बहु सचित्र कोर्न सक्ने कला भएका उनले थुप्रै व्यक्तिहरुको चित्र बनाई सकेका छन ।
चित्र कला सम्बन्धी कुनै पनि औपचारिक अध्ययन तालिम नलिएका उनले आफू यो क्षेत्रमा यहासम्म पुग्नुमा साथी भाईहरुको हौसला र विद्यार्थी जीवनमा आफूलाई पढाउने शिक्षकहरुबाट प्रेरित भए पनि खासमा आफ्नो बुबाबाट प्रेरणा पाएको बताउछन ।

Sana Kishan


बाल्यकालमा पहिलो पटक दुई दाजुभाईहरुले चित्र कोर्दा आफू भन्दा ३-४ बर्ष ठूलो दाईले बनाएको चित्र भन्दा आफूले बनाएको चित्र राम्रो छ भनेर बुबाले भनेको कुरालाई नै उनी पहिलो प्रेरणा मान्छन। बुबाका यिनै शब्दहरुबाट प्रेरित भएर आफूले चित्र कलामा राम्रो गर्न सक्छु भन्ने आँट आएको उनी सम्झन्छन ।

पढाई भन्दा चित्र कलामा बढी रुचि भएकोले होला शिक्षकहरुले उनको नाम नै आर्टिस्ट राखि दिएका थिए रे। तर आफुलाई भने शुरुमा आर्टिस्ट भनेको के होला जस्तो लाग्थ्यो । पछि पो थाहा भयो राम्रो चित्र बनाउने मान्छेलाई आर्टिस्ट भन्दा रहेछन भनेर । आफ्नो बाल्यकालको अनुभव सुनाउँदै उनले भने ।


धनगढीमा चित्र कलामा प्रयोग हुने आवस्यक गुणस्तरीय समानहरु नपाउने भएकोले चित्र कला क्षेत्रमा रुचि हुदा हुदै पनि आफ्नो कलालाई अगाडी बढाउन सकेको थिएन। कोरिया आएपछि पनि शुरुमा काम गर्ने कम्पनी पनि दुर्गममा भएको र इन्टरनेट अनलाइन सम्बन्धी पनि त्यति जानकारी नभएकोले आफ्नो कलामा निखारता ल्याउन सकिराखेको थिएन। तर आफू सित भएको सादा पेन्सिलले चित्र कोर्न छोडिएन। तर बिस्तारै युट्युब अनलाइन हेर्दै गएपछि धेरै कुरा सिक्ने मौका पाए। पछिल्लो समय चित्र कलामा प्रयोग हुने आवस्यक गुणस्तरीय पेन्सिल पेपर आदि समानहरु अनलाइनबाट किनेर आफ्नै आमाको चित्र बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि साथी भाई तथा शुभ चिन्तकहरुवाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाए । जसले गर्दा आफूले थप ऊर्जा र हौसला पाएको उनी बताउँछन । आफूले बनाएका थुप्रै महत्वपूर्ण व्यक्तिहरुका चित्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बिभिन्न किसिमका प्रतिक्रियाहरु आए । कतिपय ले कहाँ सिकेको यस्तो कला भनेर सोधे भने कसैले कुन एप्लिकेशन प्रयोग गरेको भनेर समेत भने। तर मैले कहीं कतै औपचारिक रुपमा सिकेको छैन । मैले जे जति सिकेको छु आफ्नै निरन्तर को अभ्यास र युट्युब हेरेर सिकेको हुँ । साथीहरुका यस्ता प्रतिक्रियाहरुबाट आफू एकदमै उत्साहित भएको र आफूले बनाएको चित्र साच्चै एप्लिकेशन प्रयोग गरेर बनाएको जस्तै भएछ भनेर झन खुशी लागेको बताए ।
अहिलेसम्म प्राय चिने जानेका र केही महत्वपूर्ण व्यक्तिहरुको स्केच निशुल्क बनाएको छु । एउटा स्केच बनाउदा कम्तिमा पनि २-३ घण्टासम्म लाग्छ। जति धेरे समय दिन सक्यो त्यति राम्रो चित्र बन्छ । चित्र बनाउन प्रयोग हुने पेपर पेन्सिलहरु त्यत्तिकै महङ्गो छ । त्यसकारण अबका दिनहरुमा चित्र कलामा आफूलाई व्यावसायिक रूपमा अगाडी बढाउने र यसैमा केही गर्ने सोचाई बनाएको छु । त्यसको लागि आफूलाई यो क्षेत्रमा थप निखार्दै चित्रको साइज र चित्र बनाउन प्रयोग हुने सामग्री का आधारमा केही निश्चित रकम लिएर व्यवसायिक रुपमा अगाडी बढ्ने र नेपाल गएर चित्र कलाका क्षेत्रमा नै लाग्ने आफ्नो भावी योजना रहेको सिंह ले सुनाए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.