सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देवीलार्ई माईत ल्याउने अनौठो मेला

धादिङ– वर्ष दिन भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गरेर मंसिर महिनामा उत्तम तिथि हेरेर भगवतीमाई (देवी) लाई माईत झार्न मेला लाग्ने भएको छ ।
यहि मंसिर १२ र १३ गते मेला लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ। मेलामा खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो र अप्ठेरोबाटो हुँदै भगवतीमाइलाई बेसीको मन्दिर ल्याइने गर्दछ। जसलाई स्थानीयको भाषामा माईत ल्याइएको भनिन्छ ।

पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ। भगवतीमाइलाई बेसीको मन्दिर(माईत) मा लैजाने साइत दशैंको टिकाको दिन हेर्ने र तिहारको भाईटिकाको दिन सार्वजनिक गर्ने चलन छ ।

भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको मन्दिरमा मेला लाग्ने गर्दछ भने भगवतीलाई बेसीको मन्दिरमा पुर्याइसकेपछि भोलिपल्ट दिनभर बेसीको मन्दिरमा भव्य मेला लाग्ने गर्दछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो नै देखेका छन्। एक वर्ष्भित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा छ। सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ।

Dirghayu Ads

जुन मामाघरको रुपमा प्रसिद्ध छ। मंसिर देखि चैत्रसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ। सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने जानकारहरुले बताउँछन्।

जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्दछ। त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरेर दुइ ओटा मन्दिर रहेको छ। मङ्सिर महिनामा त्रिपुरासुन्दरी गा पा –४ सल्यानकोट माथि डांडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गा पा –६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ । नागरिक दैनिक

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.