सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्त निरंकारी मण्डल नेपाल महेन्द्रनगर साखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कञ्चनपुर – सन्त निरंकारी मण्डल नेपाल महेन्द्रनगर साखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न रक्तदान कार्यक्रमबाट २७ पिन्ट रगत संकलन गरिएको छ ।

Sana Kishan

निरंकारी मण्डल नेपालको वार्षिक पर्व मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजनामा गरिएको सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सहसचिव नर बहादुर विश्वकर्माले जानकारी दिएका छन्। सन्त निरंकारी मण्डल नेपालले मानव एकता दिवसको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको उनको भनाई रहेको छ।

रक्तदान कार्यक्रममा सहभागी सबैलाई उनले धन्यवाद दिएका छन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जनाले स्वतस्फुर्त रुपमा रक्तदान गरेका हुन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.