सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस

महेन्द्रनगर २१ भदौ ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाईएको छ । नगरपालिकाको महिला तथा बालविकास शाखाको आयोजना शुक्रबार दिवस मनाईएको हो । महिला तथा बालविकास शाखाकी सुनिता भट्टले मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाईएको बताईन् ।

उनले दिवसका अवरसमा नगरपालिकाका क्षेत्रमा मानव बेचबिखन विरुद्धको अभियान सञ्चालन गर्नेबारे छलफल एवं भिडियो प्रदर्शनि समेत गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

वेदकोटका विभिन्न स्थानका छायाँकन गरिएको उक्त जनचेतनामुलक भिडियो सुदूरपश्चिम जनचेतना राष्ट्रिय अभियानले तयार पारेको हो ।

Dirghayu Ads
Sana Kishan

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीको अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अशोक कुमार चन्द रहेका थिए ।

साथै कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्ष, लेखा अधिकृत प्रेम निदाल, वेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मीलगायत नगरस्थीत महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल व्यत्तित्वको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दँै नगर प्रमुख चन्दले नगरपालिकाले महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले २१औँ शताब्दीमा पनि मानव बेचबिखन जघन्य अपराध भएको बताउँदै ‘मानव बेचबिखन विरुद्धका अभियान चलाउन नगरपालिका प्रतिवद्ध छ, यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न पर्छ’ उनले भने ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.