सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कंचनपुरमा नेपाल-भारत गौरा महोत्सव

गौरा हुनुभन्दा करीब २ महिना पहिले कंचनपुरमा आज नेपाल भारत गौरा महोत्सव २०७६ बारे छलफल गोष्ठी सम्पन्न भएको छ ।
महाकाली साहित्य संगमको आयोजनामा कंचनपुरमा आयोजित संगगोष्ठीमा सुदुरपश्चिम प्रदेशका मौलिक संस्कृतिहरु, छलिया, हुड्केली लगायतको पुरातातीक प्रदर्शनी गरिएको छ
संगमका केन्द्रिय अध्यक्ष हरिश प्रसाद जोशीको अध्यक्षता तथा महासचिव भवानी चन्दले सञ्चालन गरेको समारोहमा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नु भएको नेपाल भारत गौरा महोत्सवमा सुदुरपश्चिम प्रदेशबाट लोप हुने अवस्थामा पुगेका मौलिक संस्कृतिहरुको संरक्षण गर्न के गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको छ ।

कार्यक्रममा सुदुरपश्चिम विश्व विद्यालयका सह प्राध्यापक डा. मुकुन्द कलौनीले थारु संस्कृतिको बिषयमा, डा. हरिशचन्द्र भट्टले सौका समुदायको संस्कृतिको बिषयमा र भारतका प्राध्यापक तथा साहित्यकार डा. राज सक्सेनाले तराईका राना समुदायको संस्कृतिको बिषयमा कार्यपत्र प्रस्तुति गर्नु भएको छ । यसै गरि सुदुरपश्चिम विश्व विद्यालयका सह प्राध्यापक खगेन्द्र जोशीले सिमा क्षेत्रका संस्कृतिमा पाइने समानता, महाकाली साहित्य संगमका उपाध्यक्ष राजेन्द्र सिंह रावलले कात्युरी राज्यको इतिहास र ज्योतिष तथा साहित्यकार लक्ष्मीकान्त जोशीले गौरा पर्वका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।

कार्यपत्र माथी आफ्ना धारण राख्दै सु.प. बिश्व विद्यालयका पुर्व डिन डा. टेकराज पन्तले कुमाउ र सुदुरपश्चिम क्षेत्रका संस्कृतिहरु र देवि देउता समेत समान रहेको बताउनु भएको छ । उद्घाटन सत्र, कार्यपत्र सत्र र कविता वाचन सत्र गरि ३ चरणमा कार्यक्रम सप्पन्न गरिएको छ ।

कविता वाचन कार्यक्रममा भारतका कवि विपिन जोशी, डा. राज शेखर सक्सेना, राम रतन यादव तथा नेपालका कविहरु अम्बादत्त जोशी, वासुदेव पाण्डेय, कविराज भट्ट बिलौना, कृष्णदत्त चटौत कान्त, रमेश पन्त मितबन्धु, लक्ष्मी प्रसाद भट्ट बैरागी रामचन्द्र नेपाल र जगदीश ओझाले यहाँका संस्कृतिहरुको बिबिध पक्षहरु केलाउदै कविता वाचन गरेका थिए ।

Mahakali Polytechnic

गौरा पर्व सुदुरपश्चिम क्षेत्रको सबैभन्दा ठूलो पर्व भएको भएपनि यस संग जोडिएका यहाँका थुप्रै संस्कृतिको लोप हुने अवस्थामा पुगेका कारण महोत्सव बारे संग गोष्ठी आयोजना गरिएको महाकाली साहित्य संगमका वरिष्ठ उपाध्यक्ष राजेन्द्र सिंह रावले बताउनु भएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.