सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मासिक ३६ लाख उठाउने गुठीको आफ्नै भवन छैन

भक्तपुर : गुठी संस्थान भक्तपुरले १४ वटा घर तथा पसलको बहाल मासिक ३६ लाख रुपैयाँ उठाउँछ। तर, गुठी कार्यालय २०४८ सालदेखि भाडाको घरबाट सञ्चालन गरिँदै आएको छ।

पाँच वर्षयता सूर्यविनायक नगरपालिकास्थित एक घरमा मासिक २६ हजार रुपैयाँ तिर्दैै आएको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले बताए। उक्त घरको दुई तला गुठीले कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ। आफ्नै भवन बनाउन नक्सा तयार गरिसकेको कार्यालय प्रमुख सुवेदीले सुनाए। उनका अनुसार नक्सापास गर्न भक्तपुर नगरपालिकामा पेस गरिएको छ।

‘२०४८ अघि भक्तपुर दरबार क्षेत्रमा गुठीको आफ्नै भवन थियो। आठ आना क्षेत्रफलमा बनेकै भवनमा गुठीको कार्यालय थियो’, उनले भने, ‘२०४५ सालको भूकम्पले भवनमा क्षति पु¥यायो। २०४८ सालमा जगैसम्म भत्काइयो।’ पुनर्निर्माण गर्न भवन भत्काइए पनि बनाउन नसकेको उनले स्वीकार गरे। बहालमा लगाइएका घर तथा पसल कार्यालय सञ्चालन गर्न अपुग रहेको उनको जिकिर छ।

नगरपालिकाले भने सम्पदा क्षेत्रको मापदण्डविपरीत नक्सा बनाइएकाले तत्काल पास गर्न नसकिने जनाएको छ। नक्सा शाखा प्रमुख इन्जिनियर ओमहरि थापाका अनुसार भक्तपुर दरबार क्षेत्रलगायत सम्पदा क्षेत्रमा ३५ फिटभन्दा अग्लो घर तथा भवन बनाउन पाइँदैन। तर, गुठीले त्यसभन्दा अग्लो घरको नक्सा पेस गरेको उनले बताए। गुठी भवनसमेत ऐतिहासिक सम्पदा भएकाले पुरानै स्वरूपमा बनाउन जोड दिइरहेको उनको भनाइ छ।

Mahakali Polytechnic

गुठीका अधिकांश घर तथा पसलमा पर्यटकलाई लक्ष्य गरी रेस्टुरेन्ट तथा पसल सञ्चालित छन्। दुई मठमा पुरातत्व विभागले राष्ट्रिय कला संग्रहालय स्थापना गरेको छ। दत्तात्रय क्षेत्रमा रहेको पुजारी मठमा काष्ठकला र चिकंफले मठमा धातुकलाको संग्रहालय छन्।

World Link Ads

दत्तात्रयस्थित जंगम मठ पाटीमा सञ्चालित न्यू क्याफे डी पिककले सबैभन्दा बढी महिनामा २७ लाख ५० हजार घरबहाल बुझाउँछ। टौमढी क्षेत्रस्थित ऐसामढी सत्तलमा सञ्चालित क्याफे न्यातापोलले मासिक साढे ५ लाख बुझाउँछ। पाँचतले मन्दिरको उत्तरतर्फ रहेको सिद्धिलक्ष्मी फूलबारीबाट मासिक ७७ हजार बहाल उठ्छ। भैरवनाथ तथा भद्रकालीको रथका सामान राख्ने सत्तलसहितको फूलबारीमा रेस्टुरेन्ट सञ्चालन हुँदै आएको छ। गुठीले टौमढी क्षेत्रकै भद्रकाली पाटी मासिक २३ हजार रुपैयाँमा बहालमा लगाउँदै आएको छ। क्वाछें कुमारी द्योछें र आकाशभैरव नौबाजा भजन घर क्रमशः मासिक २१ हजार र ३१ हजारमा बहालमा दिइँदै आएको छ।

Sana Kishan

दत्तात्रयस्थित चिकंफले मठको भुइँ तला मासिक २२ हजारमा बहालमा लगाइएको छ। दत्तात्रयकै गोदावरी मठ मासिक ३० हजारमा र भीमसेन पाटी मासिक २१ हजारमा बहालमा दिइएको छ।

पुरातत्वले दिएन बहाल

पुरातत्व र गुठीबीच २०४१ सालमा पाँचवर्षे सम्झौता भई दुई मठमा संग्रहालय सञ्चालनमा ल्याइएको थियो। तर, ३० वर्षसम्म पनि सम्झौता नवीकरण भएको छैन। दुवै मठमा संग्रहालय सञ्चालन हुँदै आएका छन्।

सुवेदीका अनुसार त्यस बेलै मासिक ३२ हजार रुपैयाँ बहाल दिने सम्झौता भएको थियो। एक रुपैयाँ पनि बहाल प्राप्त नभएको उनले बताए।

‘मासिक ३२ हजार रुपैयाँ घरबहाल तिर्ने गरी पुरातत्व विभागसँग २०४१ साल साउनदेखि २०४६ असारसम्मको सम्झौता भएको देखिन्छ’, उनले भने, ‘त्यसपछि सम्झौता नवीकरण भएको छैन। न सम्झौताबमोजिम बहाल पाइयो न त मठ प्रयोग गर्न छाडिएको छ।’ पुरातत्वसँग यस विषयमा धेरैपटक छलफल भए पनि केही समाधान हुन नसकेको उनले सुनाए। -अन्नपुर्ण पाेस्ट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.