सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मिडियामा सार्वजनिक हुँदैसर्वाधिक लोकप्रिय तथा महंगी गायिका विष्णु माझी !

नेपालकी सर्वाधिक लोकप्रिय तथा महंगी गायिका विष्णु माझी मिडियामा सार्वजनिक हुने भएकी छिन् । हालै उनि निकटका केहि व्यक्तिहरुका अनुसार माझीले र उनका श्रीमान सुन्दरमणी अधिकारीले चाडैँ मिडियामा आउने संकेत गरेको बताएका छन् ।
नाम नखुलाउने सर्तमा निकट श्रोतले भन्यो, ‘अति धेरै आलोचना र अनावश्यक हल्ला फैलिने क्रम बढेपछि उनिहरुले मिडियामा आउने सोच बनाएको जस्तो देखिन्छ ।’ सुन्दरमणी फ्याट्टफुट्ट देखिएपनि विष्णु माझी भने १० बर्षदेखि मिडियामा सार्वजनिक भएकी छैनन् । निरन्तर प्रहरी, सुभचिन्तक र फ्यानहरुले चासो दिन थालेपछि उनिहरु मिडियामा आउने सोच बनाएको बुझिएको छ । निकट व्यक्तीका अनुसार माझी दम्पत्ती डेढ देखि २ बर्षभित्र मिडियामा आउने पक्का पक्की भएकाे छ ।
व्यक्तिहरुका अनुसार माझीले र उनका श्रीमान सुन्दरमणी अधिकारीले चाडैँ मिडियामा आउने संकेत गरेको बताएका छन् ।
नाम नखुलाउने सर्तमा निकट श्रोतले भन्यो, ‘अति धेरै आलोचना र अनावश्यक हल्ला फैलिने क्रम बढेपछि उनिहरुले मिडियामा आउने सोच बनाएको जस्तो देखिन्छ ।’ सुन्दरमणी फ्याट्टफुट्ट देखिएपनि विष्णु माझी भने १० बर्षदेखि मिडियामा सार्वजनिक भएकी छैनन् । निरन्तर प्रहरी, सुभचिन्तक र फ्यानहरुले चासो दिन थालेपछि उनिहरु मिडियामा आउने सोच बनाएको बुझिएको छ । निकट व्यक्तीका अनुसार माझी दम्पत्ती डेढ देखि २ बर्षभित्र मिडियामा आउने पक्का पक्की छ ।

सुन्दरमणी अधिकारी नजिकका एक कलाकार भन्छन्, ‘अझैं २ बर्ष केहि योजनामा रहेको बुझें, त्यसपछि अन्य कलाकारहरु जस्तै खुल्लम–खुल्ला हिड्ने योजना छ ।’ केहि महिनाअघि कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनमा एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पतीलाई जिल्ला प्रहरी कार्यालय आएका थिए । विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएकी थिइन् ।

कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले विष्णु माझीलाई बन्धक बनाएको आशङ्का गरेका थिए, त्यतिबेला उनिहरुले आफुहरु खुसीसाथ गुमनाम जिवन विताएको बताएका थिए । जिल्ला प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, उनिहरुको अन्तरजातिय विवाह भएको थियो, त्यो छुटाउन खोजिएकाले गुमनाम हुनुपरेको हो सुन्दरमणीले भनेका छन् । सामान्य लेखपढ गरेकी माझी बोल्न तथा लेख्न र पढ्न समेत नजान्ने भएकाले सबै मैले हेरिरहेको छु, ति अधिकारीले सुन्दरमणीको भनाइ उद्धृत गर्दै भने, ‘बाहिर फेस गर्न नसक्ने भएकाले म उनलाई एक्लै कतै पठाइनँ ।’ अहिले उनिहरुले मिडियामा कुनै किसिमको जवाफ दिन आवश्यक नभएको बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

बढ्यो पारिश्रमिक, एउटा गीतको १ लाख

Dirghayu Ads
Sana Kishan

दुई महिनाअघि गायिका माझीको पारिश्रमिक ५० हजार थियो । तर, अहिले उनको पारिश्रमिक १ लाख पुगेको छ । उनको आवाजमा गीत रेकर्ड गराउनुपरे कम्तीमा १ लाख तयार नभएसम्म असम्भब छ । माझीका धेरै गीत रेकर्ड गराउने एक गायक भन्छन्, ‘हरेक कुराको डिमाण्ड अनुसार उक्त कुराको भ्यालु बढ्ने हो, त्यस्तै किसिमले उहाँको पारिश्रमिक बढेको बढ्यै छ ।’

जहाँ गएपनि ट्याक्सी

विष्णु माझी काम विशेषले नेपालका कुनै पनि जिल्ला पुग्दा ट्याक्सीनै लिएर जाने गरेको पाइएको छ । उनिहरु निकट एक व्यक्ती भन्छन्, ‘सार्वजनिक रुपमा हिड्दा अरुले देख्ने भएकाले ट्याक्सी लिएर जानुपरेको हो जस्तो लाग्छ ।’ माझी दम्पत्ती बस र जहाज सायदै चढेका छन् । बसमा पनि धेरैले चिन्ने र जहाजमा पनि चिन्न सक्ने सम्भावना देखेकाले उनिहरुले ट्याक्सी लिएर हिड्ने गरेका हुन् । नेपाल तथा विदेशका हरेक कार्यक्रममा विष्णु माझीलाई बोलाउने गरिएपनि माझीले स्टेज चढेकी छैनन् । बुटवलमा भएको एउटा कार्यक्रममा स्टेज चढेपछि उनले अहिलेसम्म कुनै कार्यक्रममा सहभागी भएकी छैनन । माझीले गीत गाएपछि स्टुडियो बाहिर तयार भएको ट्याक्सीमा आफ्नो गन्त्व्यमा लाग्ने गरेको भेटिएको छ । बुझिए अनुसार उनलाई आवत–जावतका लागी छुट्टै ट्याक्सीको ब्यवस्था छ ।

रेकर्डिष्टसँग समेत बोल्दिनन् !

कुनै पनि गायक–गायिकाले गीत रेकर्ड गर्ने बेलामा बोल्नै पर्ने एक व्यक्ती हुन्, रेकर्डिष्ट । तर, गायिका माझिको अचम्मको स्वभाव छ । अरु गायक–गायिकाले जस्तो रेकर्डिङ स्टुडियो पसेर सिसा अगाडि प्रत्यक्ष देखिएर गीत रेकर्ड गराउने स्वभाव छैन । सरासर स्टुडियो पस्छिन् । स्टुडियो पसेपछि कुनै पर्दाले सिसा छोपिदिनुपर्छ । गित रेकर्ड हुनासाथ रेकर्डिङ स्टुडियो भित्रै पैसा बुझ्ने र सुटुक्क घर लाग्ने स्वभाव छ । कहिलेकाहि दुई–तिनपटक गीत रि–रेकर्ड गर्नुपरे रिक्वेष्ट गरेपछि मान्छिन् तर घर गएपछि सोहि गीतका लागी फर्कने चलन छैन, एक रेकर्डिष्ट भन्छन्, ‘जति सकिन्छ तुरुन्तै भन्न सकियो भने ठिक छ नत्र मिलाएर काम गर्नुपर्छ ।’ माझीले कतिसम्म भने रेकर्डिष्ट मात्रै होइन, रेकर्डिङ स्टुडियोका मालिक, नेपाली लोक दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरु कसैसँग पनि बोल्ने चलन छैन । उनले नजिकबाट चिनेकाहरु भेटिएपनि उनले नवोल्ने गरेको पाइएको छ ।

कालो पछ्यौरीसँग लुकामारी

गायिका माझीलाई मन पर्ने पहिरन कालो हो । उनले अधिकांश समय कालो पहिरनमा हिड्ने गरेको पाइन्छ । रातो अथवा कालो रंगको लुङ्गी र त्यसमाथि कालो रंगको ओभर कोट, मास्क, कालो पछ्यौरी माझीलाई मन पर्ने डे«स हुन् । स्टुडियो देखि बाहिर हिड्दा समेत उनि निकै लुकेर हिड्ने गरेकी छिन्, कालो पछ्यौरीले पुरै टाउको छोपेर हिड्ने गरेकी छिन् । -साप्ताहिकबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.