सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मिस इन्डियाको ताज सुमन रावलाई

मिस इन्डिया वल्र्ड २०१९ को ताज २० वर्षीया सुमन रावले पहिरिएकी छिन् । सरदार बल्लभभाइ पटेल इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा राजस्थानकी सुमनले उपाधि जितेकी हुन् । छत्तीसगढकी शिभानी जाधवले मिस ग्रान्ड इन्डिया २०१९ को उपाधि जितिन् । त्यस्तै, बिहारकी श्रेया शंकरले मिस इन्डिया युनाइटेड कन्टिनेन्टको ताज जितिन् । मिस इन्डिया वल्र्डको उपाधि जित्ने सुमन कलेज पढिरहेकी छिन् । उनले थाइल्यान्डमा हुने मिस वल्र्ड २०१९ मा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

Sana Kishan

‘जब तिमी जीवनको निश्चित उद्देश्यमा दृढताका साथ अघि बढ्छौ, शरीरका हरेक अंगप्रत्यंगले सफलताको दिशातर्फ गतिशील बनाउँछन्,’ उनले अन्तर्वार्तामा भनेकी थिइन् । मिस इन्डिया २०१९ को अन्तिम प्रतिस्पर्धामा बलिउडका चर्चित कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरेसी, चित्रांग सिंह, फेसन डिजाइनर फाल्गुनी साने र फुटबल खेलाडी सुनील क्षेत्री निर्णायक थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.